Monday, September 30, 2024

सरकारको पाँच महिने उपलब्धी : इन्फोग्राफमा हेर्नुहोस् पूर्वाधार, नमुना शहर, ऊर्जा, कृषि र मेलम्ची

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको पाँच महिना पुगेको छ।
०२७४ फागुनदेखि असारसम्म सरकारले गरेका महत्वपूर्ण कामहरू समेटेर पुस्तिका सार्वजनिक भएको छ।

उक्त पुस्तिकामा उल्लेख भएअनुसार सरकारले सो अवधिमा विभिन्न क्षेत्रमा ९२ उपलब्धि हासिल गरेको छ। पूर्वाधार,ऊर्जा, कृषि र खानेपानी क्षेत्रमा सरकारले हालसम्म गरेका भनिएका कामहरू के के छन् ? जस्ताकाे त्यस्तै

सडक-रेल पूर्वाधार निर्माणः तीब्र गतिमा काम

–३६ किलोमिटर लामो मुग्लिङ–नारायणघाट कालोपत्रे सडकको दुई लेनमा स्तरोन्नति भएको छ। काठमाडौं उपत्यका चक्रपथ विस्तार अन्तर्गत कलंकी कोटेश्वर खण्ड सडक विस्तार अन्तिम चरणमा रहको छ।

–सिमरा बर्दिबास (१०८ कि.मि.) रेलमार्ग निर्माणको बर्दिबास लालबन्दी खण्डको ३० कि.मि. क्षेत्रमा ट्र्याक बेड निर्माण ८० प्रतिशत सकिएको छ। सन् २०१८ भित्र जयनगर–जनकपुर (कुर्था) ३५ कि.मि. रेलमार्ग संचालन गर्ने लक्ष्य सहित जयनगर देखि बिजलपुर सम्म ५२ कि.मि. खण्डमा रेलमार्ग निर्माण कार्य अघि बढेको छ।

–पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदी पुल, मुग्लिङमा आकर्षक आर्कब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यसैगरी मुग्लिङ नारायणघाट सडकमा पर्ने १४ वटा पुलहरुको निर्माण दुई वर्षभित्र सक्ने गरी काम थालनी भएको छ । दूधकोशी नदी र खोटाड जिल्लाको जयरामघाटमा पुल निर्माण सम्पन्न भएको छ । रातु नदी पुल, वर्दिवास कमला नदी पुल, दुधौली लगायत अन्य ७० वटा पुलहरुको निर्माण भएको छ ।

–राजधानी प्रवेशको मुख्य द्वार नागढुंगामा सुरुङ मार्ग निर्माण कार्य शुरु भएको छ। –कान्ति लोकपथको दुई लेन सडक कालोपत्रेमा स्तरोन्नति भएको छ । १८ महिना भित्र सम्पन्न गर्ने लक्ष्य साथ गल्छी–त्रिशुली – मैलुङ– स्याफ्रुवेशी सडक खण्ड निर्माण तीब्र गतिमा भइरहेको छ ।

–देशका विभिन्न भागमा बनाउन लागिएका अन्तर्राष्ट्रिय स्तरका आठ वटा सभागृहहरुको डिजाइन कार्य सम्पन्न भइसकेको छ ।

–लुम्बिनीमा आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ नेपालमा पहिलोपटक पाँच हजार सहभागि क्षमताको वृहद सभागृहको राष्ट्रपतिबाट शिलान्यास भइसकेको छ। नुवाकोटमा बनाइने भ्यु टावरको डिजाइन कार्य सम्पन्न भइसेको छ भने काठमाडौको ववरमहलमा बनाइने प्रशासनिक प्लाजाको डिजाइन कार्य सम्पन्न भएको छ।

पूर्वाधार विकासमा छोटो समयका नतिजा

–कूल १८७ स्थानमा तुइन रहेकोमा ९० स्थानमा तुइन प्रतिस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ भने ४४ स्थानमा तुइन विस्थापनका लागि झोलुङ्गे पुल निर्माणधीन अवस्थामा छन । बाँकी १६ स्थानका तुइन प्राविधिक रुपमा विस्थापन गर्न नसकिने, २२ स्थानका विस्थापन गर्न नपर्ने, १० वटा दोहोरिएको र ५ वटा तुइन भारतीय सीमा नदीमा रहेकाले भारतको अनुमति लिनु पर्ने अवस्थामा छन् ।

– वीरगञ्जमा एकीकृत भन्सार जाँच चौकी निर्माण भई सञ्चालनमा आएको छ । आगामी वर्षको मे महिनाभित्र सञ्चालनमा आउने गरी तातोपानी सुख्खा बन्दरगाहको चीन सरकारको सहयोगमा पुनर्निर्माण भईरहेको छ ।

–न्यूनतम ९० दिनसम्मको आवश्यकतालाई धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गर्न नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुर जिल्लामा पनि उपयुक्त स्थान छनौट भएको छ ।

–काठमाडौं र तराईजोड्ने द्रूतमार्ग निर्माणको लागि १९ हजार ५०० रुखहरू काट्ने काम सकिएको छ । द्रूतमार्गको ५४ कि.मि. सडक खण्डमा कटिङ, फिलिङ तथा सडक संरचना निर्माण भइरहेको छ ।

–भेरी–बबइ डाइभर्सन आयोजनाको ६ किलोमिटर सुरुङ निर्माण सकिएको छ ।

–कर्णाली नदीमा सिंचित क्षेत्र संरक्षणका लागि तटबन्ध निर्माण सुरु भएको छ । कर्णालीको चिसापानी इन्टेकमा गेट निर्माण सुरु भएको छ।

ऊर्जामा आत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधन
सिंहदरवारमा घामबाट विजुलीः सिंहदरबार परिसरका भवनहरुमा १ मेगावाट क्षमता बराबरको सौर्य विद्युत प्रणाली जडान गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित जलविद्युत परियोजनाबाट २८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोडिएको छ ।

–९ सय मेगावाटको ठूलो परियोजना शिलान्यासः ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजना शिलान्यास भएको छ । एकवर्षभित्र २५ मेगावाट क्षमताको ग्रीड सौर्य परियोजना निर्माण गर्नेगरी गत वैशाख १४ गते नुवाकोटमा परियोजना शिलान्यास भएको हो।

कृषिको व्यवसायिकरण

–कृषि पेशालाई उद्योगमा रुपान्तरणः निर्वाहमुखी कृषि पद्दतिलाई कृषि उद्योगका रुपमा विकास गर्न नेपाल–भारत कृषि प्रविधि साझेदारी प्रक्रिया सुरु भएको छ । यस क्रममा ६१ जिल्लामा मकै लगायत अन्य कोसेबालीको बीऊ र विशेष कृषि कार्यक्रम अन्तर्ग १ हजार ७०० मेट्रिकटन धानको बीऊ अनुदानमा वितरण गरिएको छ ।

–पशु नश्ल सुधारका लागि १ लाख ७६ हजार २ सय २६ जनावरमा कृत्रिम गर्भाधान गरिएको छ । स्वदेशमै पशु खोप उत्पादनमा आत्मनिर्भर हुन विभिन्न पशु रोग विरुद्धको खोप १ करोड १२ लाख र रेबिज विरुद्धको खोप १ लाख ८ हजार डोज उत्पादन गरी वितरण गरिएको छ ।

–दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रम अन्तर्गत २३ जिल्लाका २०० दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई ७ करोड अनुदान वितरण भएको छ । २० वटा भन्दा बढी दुहुना गाईभैंसी पाल्ने ३० जना व्यवसायिक किसानहरुलाई ३० वटा मिल्किङ मेशिन खरिदमा सहुलियत वा अनुदान उपलब्ध गराएको छ ।

–निर्यातको कठीनाई समाधानः नेपालबाट भारतमा अदुवा निर्यात गर्दा उत्पन्न हुँदै आएको समस्या समाधान गरिएको छ।

मेलम्ची खानेपानीः सपनाबाट यथार्थमा परिणत हुँदै
––मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुम खण्डको २६७ मिटर सुरुङ खन्ने काम सकिएको छ । यसै अवधिमा ४ हजार ५० मिटर टनेल फाइनल फिनिसिङ कार्य सम्पन्न भएको छ। दोस्रो चरणको ३ हजार घनमिटर क्षमताको सुन्दरीजल पानी प्रशोधन केन्द्र र ८ हजार घनमिटर अटोवर्कस् निर्माणको काम सकिएको छ। दोस्रो चरणको याङरी र लार्के खोलाको डीपीआर निर्माण कार्य अन्तिम चरणमा छ।

–मेलम्ची खानेपानी वितरणका लागि मुख्य प्रसारणको ४ किलोमिटर पाइप लाइन विछ्याउने काम सकिएको छ । धारा जडान समेत गरी वितरण प्रणालीको ५० कि.मि. पाइप जडान कार्य पनि सकिएको छ, ९ वटा पानीपोखरीको निर्माण अन्तिम चरणमा पुगेको छ ।

–दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत दैलेख आयोजना सम्पन्न भई १२ हजार घर परिवार प्रशोधित खानेपानी सेवाबाट लाभान्वित भएका छन् ।

–खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत ३ वटा आयोजना (सतिपिपल कर्नेखोला, ओखलढुंगा र जिरिखिम्ति बजार खानेपानी गुणस्तर सुधार आयोजना) सम्पन्न भई प्रशोधित खानेपानी सेवाबाट १३ हजार ३४९ नागरिक लाभान्वित भएका छन् ।

–ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति अन्तर्गत संचालित नवौं समुहका २६ आयोजनाहरु सम्पन्न भएको छ, यसबाट १६ हजार ४२ लाभान्वित भएका छन् । दशौं समुहका ७३ आयोजनाबाट ५९ हजार ८६१ र भूकम्पबाट क्षतिग्रस्त भएका मध्ये ४४ आयोजनाबाट २७ हजार २८० देशवासी आधारभूत खानेपानी तथा सरसफाइबाट लाभान्वित भएका छन्।

नमुना शहर र एकीकृत वस्ती निर्माणको आधार तयार
–एक शहर एक पहिचानका १८ वटा सहरहरुको पूर्वाधार विकास कार्यक्रमको अध्ययन सकिएको छ। यसमध्ये ६ वटा शहरको अध्ययन कार्य सम्पन्न भएको छ भने १२ वटाको मस्यौदा प्रतिवेदन तयार भएको छ।

– विभिन्न १० वटा नगर विकास समिति र ४ वटा वजार केन्द्रको भौतिक विकास योजना सँग सम्बन्धित मुख्य पूर्वाधारहरूको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ।

–एकीकृत वस्ती सम्बन्धि प्रधानमन्त्रीको अवधारणा अनुरुप ७ वटै प्रदेशमा एक–एकवटा घना वस्ती छनौट भएको छ। ती वस्तीहरुमा आवश्यक २-२ वटा प्रमूख पूर्वाधारका सम्बन्धमा विस्तृत आयोजना तयार भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार