१६ असार, काठमाडौँ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन जना अन्तर्राष्ट्रिय विज्ञ सदस्य मनोनीत भएका छन् ।
कोषकी अध्यक्ष एवं कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जैविक विविधतामा योगदान पु-याएका बेलायत र अस्टे«लियाका नागरिकलाई विज्ञ सदस्य मनानीत गरेकी हुन् ।
बेलायतको हाउस अफ लर्डका लर्डका क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनस्र्टाइन र अस्ट्रेलियन प्राडा विन्डी राइट सदस्यमा मनोनीत भएका हुन् ।
कोषको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र नेपालको संरक्षण अभ्यासलाई थप गति दिन कोषको ऐनअनसार उनीहरूलाई विज्ञ सदस्य मनोनीत गरिएको मन्त्री चौधरीले बताइन् ।
स्टोनर र डाइर्नस्टन नेपालको संरक्षण इतिहाससँग जोडिदै आएका छन् । बेलायतको ‘यूके नेपाल ट्रस्ट’का अध्यक्ष समेत रहेका आठौँ ब्यारोन क्यामोस (विलियम स्टोनर) को परिवार नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो सम्बन्ध छ । अहिले पनि उनले बेलायती परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा योगदान पु-याइरहेका छन् ।
त्यस्तै, सन् १९७०/८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघको रैथाने आहारविहारबारे प्रारम्भिक र ऐतिहासिक अनुसन्धानमा गर्ने वैज्ञानिकहरूमध्येमा डा. डाइनरस्टाइन पनि पर्छन् । उनी कोषमा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा कार्यरत थिए । उनकै नेतृत्वमा नेपालको तराई भू–परिधि कार्यक्रमको अवधारणा बनेको हो ।
अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन रहेकी प्राडा राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आएकी छन् ।





