Monday, October 28, 2024

पत्रपत्रिकामा आज : २ महिनाको खर्च ३ दिनमै, वन्यजन्तु संरक्षण र हाेमस्टे सँगसँगै

काठमाडाैँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापेका छन् । असारे विकास : २ महिनाको खर्च ३ दिनमै,२३ डेरीका दूधमा कोलिफर्म, वन्यजन्तु संरक्षण र हाेमस्टे सँगसँगै,  काठमाडाैँकाे  विकासमा २१ अर्ब लगायतका शिर्षकमा समाचार छापिएका छन् ।

कान्तिपुर
– आजको कान्तिपुरले असारे विकास : २ महिनाको खर्च ३ दिनमै शिर्षकमा समाचारमा छापेको छ । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) सम्मको पुँजीगत खर्च ३ अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो । आर्थिक वर्षको अन्तिम महिना असरा लागे लगत्तैका तीन दिन(३,४,५) गतेको खर्च त्यो भन्दा बढी अर्थात २१ अर्ब ३७ करोड७६ लाख रुपैयाँ सकिएको समाचारमा उल्लेख छ ।

त्यस्तै २३ डेरीका दूधमा कोलिफर्म शिर्षकमा अर्को समाचार छापिएको छ । राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्राण्ड(पाउच)मा मानव स्वास्थ्यलाई हानि पुर्याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणी खनालको नेतृत्वमा १५ दिनअघि(जेठ २८) संकलन गरिएको ४२ वटा दूधका नमुनामध्ये २३ वटामा हानिकारक जीवाणु फेला परेको समाचारमा उल्लेख छ ।

नागरिक
– अाजकाे नागरिकमा काठमाडाैँकाे  विकासमा २१ अर्ब शिर्षकमा समाचारमा छापिएकाे छ । काठमाडाैँ जिल्लाभित्रका १ महानगरपालिकासहित १० नगरपालिकाले अागामी अार्थिक वर्ष २०७५/०७६ का लागि २१ अर्ब रूपैयाँभन्दा बढी बजेट ल्याएका छन्। काठमाडाैँका अधिकांश स्थानीय तहले अाइतबार नगरसभामा बजेट सार्वजनिक गरेकाे समाचारमा उल्लेख छ ।

त्यस्तै विपद् व्यवस्थापन पूर्वतयारीकाे जानकारी माग शिर्षकमा अर्काे समाचारमा छापिएकाे छ । तरार्इ मधेसलगायतका ठाउँमा हुन सक्ने डुबान तथा बाढी पीडितसहित विपद व्यवस्थापनकाे पूर्वतयारीकाे बारेमा सरकारसँग जानकारी मागेका छन् । प्रतिनिधिसभाकाे विशेष र शून्य समयमा अाफ्नाे धारणा राख्दै सांसदहरूले बाढी र डुबानसहित विपद् व्यवस्थापनकाे पूर्वतयारीबारे जानकारी माग गर्नेलगायत अन्य विषयमा ध्यानाकर्षण गराएकाे समाचारमा उल्लेख छ।

अन्नपूर्ण पाेस्ट
-अन्नपूर्ण पाेस्टमा वन्यजन्तु संरक्षण र हाेमस्टे सँगसँगै शिर्षकमा समाचारमा छापिएकाे छ । नवलपुरकाे बाघखाेर अमलटारीका स्थानीले वन्यजन्तु संरक्षणसँगै हाेमस्टे सञ्चालन गरी गाउँ विकासमा जुटेका छन् । चितवन राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती क्षेत्रसँगै जाेडिएकाे अमलटारीमा हाेमस्टे सञ्चालन अघिसम्म वन्यजन्तुकाे अाक्रमणमा परी १२ जना स्थानीयकाे मृत्यु र ३५ जना घाइते भएका थिए । वन्यजन्तु पनि संरक्षण अभावमा जाेखिममा भएकाे समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका
अाजकाे नयाँ पत्रिकाले महानगरकाे बजेट कहाँ कति शिर्षकमा देशका ६ महानगरका बजेटकाे समाचार छापेकाे छ । काठमाडाैँ महानगरमा १३ अर्ब २ कराेड, ललितपुर महानगरमा ४ अर्ब ७० कराेड, वीरगञ्ज महानगरमा ४ अर्ब ९८ कराेड, पाेखरा महानगरमा ६ अर्ब ५३ कराेड, विराटनगर महानगरमा ४ अर्ब ४७ कराेड र भरतपुर महानगरमा ३ अर्ब ३४ कराेड बजेट छुट्याइएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार