११ भदौ, काठमाडौँ ।
चीनतर्फको हिमताल फुटेपछि भोटेकोशी नदीमा भीषण बाढी आएको चिनियाँ पक्षले जनाएको छ ।
नेपालस्थित चिनियाँ दूतवासले आफ्नो भूमिको हिमतालको असरका कारण जनधनको क्षति भएको बताएको हो । बुधबार विहान (१० भदौमा) आकस्मिक भीषण बाढी आएपछि रसुवा, नुवाकोट, धादिङका नदी तटीय क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ ।
भोटेकोशी र त्रिशुली नदी किनारा आसपासका बस्ती, सडक र अन्य भौतिक पूर्वाधारमा क्षति भएपछि जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ । बाढीका कारण चीनतर्फ पनि मानवीय र भौतिक क्षति भएको दूतावासले जनाएको छ ।





