१० भदौ, काठमाडौँ ।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवागढी र आसपासका क्षेत्रसँगै भोटकोशी नदीको तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
नदी तटीय क्षेत्रका वस्ती र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको हो । बाढीको प्रत्यक्ष असर नुवाकोट र धादिङमा पनि पर्न थालेको यी जिल्लाका सुरक्षा निकायले जनाएका छन् ।
चीनको तिब्बततर्फ हिमताल फुटेपछि जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक विश्लेषण छ । आज विहान पौने ९ बजेतिर नेपालतर्फ बाढी आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।





