Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : वनले स्वीकृति नदिँदा सिँचाइ योजना अलपत्र, ५ राजमार्ग पहिराेकाे उच्च जाेखिममा

काठमाडौँ – आजका पत्रपत्रिकाहरूले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयका समाचारमा प्रकाशित गरेका छन् । जमिन खण्डीकरण रोक्न स्थानीय सरकार कठोर, झरीसँगै उपत्यकाका नदी र चक्रपथ सरसफाइ, वनले स्वीकृति नदिँदा सिँचाइ योजना अलपत्र, ५ राजमार्ग पहिराेकाे उच्च जाेखिममा लगायतका शिर्षकमा समाचार प्रकाशित भएको छ ।

अन्नपूर्ण पोस्ट
– आजको अन्नपूर्ण पोस्टले झरीसँगै उपत्यकाका नदी र चक्रपथ सरसफाइ शिर्षकमा समाचार छापेको छ । असारे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फाहोर व्यवस्थापन गरिएको छ । बाग्मती सफाइ महाअभियानको २सय ६७ औँ दिन हप्तामा कोटेश्वर महादेव मन्दिरअगाडिको नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको समाचारमा उल्लेख छ ।

त्यस्तै जमिन खण्डीकरण रोक्न स्थानीय सरकार कठोर शिर्षकमा अर्को समाचार छापिएको छ । कृषियोग्य जमिन खण्डीकरण रोक्न स्थानीय तह कठोर बन्दै गएका छन् । खण्डीकरणले जमिन बाँझिदै गए र उत्पादनमा ह्रास आएपछि स्थानीय सरकारले त्यसलाई रोक्ने नीति लिएको समाचारमा उल्लेख छ ।

त्यस्तै वनले स्वीकृति नदिँदा सिँचाइ योजना अलपत्र शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । वन कार्यालयको अवरोधले तीनहजार हेक्टर भूमि सिँचाइ गर्ने लक्ष्यसहित निर्माण थालिएको गुडुरुङ सिँचा आयोजना अलपत्र परेको समाचारमा उल्लेख छ ।

कान्तिपुर 
– अाजकाे कान्तिपुरले ५ राजमार्ग पहिराेकाे उच्च जाेखिममा शिर्षकमा समाचार छापेकाे छ । सरकारले राजधानीलगायत देशका प्रमुख सहरसँग जाेडिएका पाँचवटा राजमार्ग पहिराेकाे उच्च जाेखिममा रहेकाे जनाएकाे छ । देशभर मनसुन सकृय हुनै लाग्दा सरकारले त्रिभुन, पृथ्वी, अरनिकाे, सिद्धार्थ(बुटवल–पाेखरा) र नारायणगढ–मुग्लिन सडकलार्इ पहिराेकाे उच्च जाेखिम सूचीमा राख्दै तत्काल अवराेध हटाउन सक्ने गरी तयारी गर्न भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयलार्इ निर्देशन दिएकाे समाचारमा उल्लेख छ ।

नागरिक 
–नागरिक दैनिकले स्थानीय बजेट पूर्वाधार निर्माणमा केन्द्रित हुने शिर्षकमा समाचार छापेकाे छ । कर्णाली प्रदेशकाे राजधानीसमेत रहेकाे वीरेन्द्रनगर नगरपालिकाले सहर व्यवस्थापनलार्इ केन्द्रमा राखेर बजेट ल्याउने तयारी गरेकाे छ । नगरपालिकाले अार्थिक वर्ष २०७५/०७६ का लागि ९३ कराेडकाे हाराहारीमा बजेट ल्याउँदै गरेकाे समाचारमा उल्लेख छ ।

राजधानी
–अाजकाे राजधानीमा चट्याङले सासूकेा मृत्यु, बुहारी घाइते शिर्षकमा समाचार छापेकाे छ । चट्याङ लागेर शनिबार बिहान सप्तरीकाे बिष्णुपुर गाउँपालिका ६ की ४५ वर्षीया केशरीदेवी यादवकाे घटनास्थलमै मृत्यु भएकाे छ । साे घटनामा उनकी ३० वर्षीया बुहारी रिंकु यादव घाइते भएकी समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
–समाचारपत्रमा नुवाकाेट अझै खुला दिसामुक्त भएन शिर्षकमा समाचार प्रकाशित गरेकाे छ । बेलकाेटगढी नगरपालिकाले असहमति जनाउँदा नुवाकाेट अझैसम्म पनि खुला दिसामुक्त जिल्ला घाेषणा हुन सकेकाे छैन् । नुवकाेटमा रहेका १२ स्थानीय तहमध्ये २ स्थानीय तह ककनी गाउँपालिका र बेलकाेगढी नगरपालिका खुला दिसामुक्त नहुँदा जिल्लालार्इ खुला दिसामुक्त घाेषणा गर्न समस्या परेकाे खानेपानी तथा सरसफाइ  डिभिजन कार्यालय नुवकाेटका प्रमुख माेहनलाल जैशीले बताएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार