Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : विपद् जोखिम न्यून गर्न जोड, कालिगण्डकी दाेहन राेक्न अदालतकाे अादेश

काठमाडौँ – आजका पत्रपत्रिकामा विपद् जोखिम न्यून गर्न जोड, दशैअघि पनि मेलम्चीको पानी नआउने, बाघको संख्या सार्वजनिक,  कालिगण्डकी दाेहन राेक्न अदालतकाे अादेश गरिने लगायतका शिर्षकमा समाचार प्रकाशित भएको छ ।
गोरखापत्र
– आजको गोरखापत्रमा विपद जोखिम न्यून गर्न जोड शिर्षकमा समाचार प्रकाशित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी–पहिरो, आगलागी, भूकम्प तथा महामारीजस्ता विपद्बा हुनसक्ने सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि एकआपसमा समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको समाचारमा उल्लेख छ ।

त्यस्तै निर्माण सामग्री नराखखी  सडक पिच शिर्षकमा अर्काे समााचारमा प्रकाशित भएकाे छ । सुन्दा अचम्म लाग्न सक्छ, सडक  पिच गर्नलार्इ ग्राभेल, राेडा, ढुंगा, नयाँ माटाे, सिमेन्ट केही चाहिँदैन भन्दा तर याे सम्भव भएकाे छ । बनेपा नगरपालिकाले कुनै पनि वस्तु नराखी पिच गरेर सबैलार्इ चकित बनाएकाे समाचारमा उल्लेख छ ।

नागरिक दैनिक 
अाजकाे नागरिक दैनिकमा कालिगण्डकी दाेहन राेक्न अदालतकाे अादेश शिर्षकमा समाचार प्रकाशित भएकाे छ । उच्च अदालत पाेखराकाे बाग्लुङ इजलासले कालिगण्डकी नदीमा डाेडरफ स्काभेटर प्रयाेग गरेर गिटी, बालुवा निकाल्न राेक लगाएकाे छ  । कालिगण्डकी नदीकाे वहाव परिवर्तन गर्ने गरी ढुंगा, गिटी, बालुवा, झिक्दा वातावरणीय रूपमा नकारात्मक प्रभाव परेकाले त्यसलार्इ राेक्न माग गर्दै बाग्लुङ नगरपालिका १ का टेकबहादुर सार्कीले दिएकाे निवेदनमा अदालतले नेषधाज्ञायुक्त परमादेश जारी गरेकाे समाचारमा उल्लेख छ ।

राजधानी
– आजको राजधानीमा मेलम्ची अन्योल कायमै : दशैंअघि पनि पानी नआउने शिर्षकमा समाचार प्रकाशित भएको छ । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य पटकपटक प्रभावित बन्दा आयोजनाको लागत र निर्माण सम्पन्न हुने अवधि थप अन्यौल बनेको समाचारमा उल्लेख छ ।

त्यस्तै बाघको संख्या सार्वजनिक गरिने शिर्षकमा अर्को समाचार छापिएको छ । विश्व बाघ संरक्षण दिवसको अवसरमा २९ जुलाईमा नेपालमा रहेका बाघको संख्या सार्वजनिक गरिने समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
–अाजकाे अन्नपूर्ण पाेस्टले विपद् जाेखिम न्यूनीकरण रणनीति स्वीकृत भन्ने शिर्षकमा समाचारमा छापेकाे छ । सरकाले दैवी प्रकाेप तथा विपद्बाट ज्यान गुमाउनेकाे संख्या चार गुणा घटाउने लक्ष्यसहित १२ वर्षे  विपद् जाेखिम न्यूनीकरणासम्बन्धी राष्ट्रिय रणनीति कार्ययाेजना स्वीकृत गरेकाे समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिक
– अाजकाे कान्तिपुरमा काेसीमा नयाँ ब्यारेज बन्दै शिर्षकमा समाचार छापिएकाे छ । काेसी नदीमा नयाँ ब्यारेज बनाइने भएकाे छ । उदयपुर र सुनसरीकाे सीमा चतरस्थित काेसी पुलनजिकै ब्यारेज बनाउन लागिएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार