पत्रपत्रिकामा आजः खानेपानी पाएपछि काम्राङवासी हर्षित, ठेक्का सम्झौता नहुँदा मुग्लिन-नारायणगढ सडकको पहिरो नियन्त्रण अन्योलमा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा खानेपानी पाएपछि काम्राङवासी हर्षित भन्ने शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ। भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भएको थियो । तर खानेपानीको मुहान सुकेकाले बसाइँ सर्ने स्थितिमा पुगेका काम्राङवासीमा एकाएक खुसी छाएको छ ।

-न घर फिर्ती न पुनर्वास भन्ने शिर्षकमा युवराज विवशको समाचार छापिएको छ। झापाको बेलडाँगीस्थित भुटानी शिविरमा २७ वर्षदेखि बसेका हर्कजंग सुब्बा अहिले ७० वर्ष नाघिसके। उनी शिविरभित्रको कष्टप्रद समय भोग्न तयार भए, अमेरिका मोहमा परेनन्। घरमा उनी र पत्नी मात्र छन्, छोराछोरी, नातिनातिना सबै अमेरिकातिर। रोगी भएकाले छोराले कहिलेकाहीं अमेरिकाबाट उपचार खर्च पठाउँछन्। एकाघरका ८० जना अमेरिका पुगिसक्दा पनि उनी भने कुनै दिन भुटान फर्कन पाइने आशामा शिविरको कष्टलाई पनि प्रिय ठानेर बसेका हुन्। तर भुटान फर्कने कहिले हो, कुनै टुंगो छैन।

-रासायनिक मल अभाव भन्ने शिर्षकमा कृष्ण किसीको समाचार छापिएको छ। मनसुन सुरु भएसँगै भक्तपुरका खेतमा पानी भरिएर धान रोप्न ठिक्क भएको छ। तर प्रत्येक वर्षझैं यो वर्ष पनि धान रोप्नका लागि आवश्यक पर्ने रासायनिक मल अभाव यहाँ भएको छ। धान रोप्न सुरु हुने समयसँगै भएको मल अभावले किसान चिन्तित छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा ३ महिनादेखि मन्त्रिपरिषदमा रोकियो फास्ट ट्रयाकको डिपिआर भन्ने शिर्षकमा जीवन बस्नेत र किरण दहालको काठमाडौं समाचार छापिएको छ। तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० ३ महिनादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएर बसेको छ । आयोजनाको डिपिआर स्वीकृतिका लागि १२ चैत ०७५ मा मन्त्रिपरिषद् पठाएको भए पनि अझै निर्णय नभएको नेपाली सेनाले जानकारी दिएको छ । यसले गर्दा आयोजनाको कुन काम कहिले गर्ने, कहिलेसम्म सम्पन्न गर्नेजस्ता विषय समेटिएको कार्ययोजना तयार गर्न सकिएको छैन ।

-ठेक्का सम्झौता नहुँदा मुग्लिन–नारायणगढ सडकको पहिरो नियन्त्रण अन्योलमा भन्ने शिर्षकमा दीपेन्द्र अधिकारीको काठमाडौं समाचार छापिएको छ। वर्षा सुरु भएसँगै जलबिरे क्षेत्रमा गएको पहिरोले मुग्निल–नारायणगढ सडक शनिबार अवरुद्ध भयो । हजारौँ यात्रीले सास्ती खेप्नुप¥यो । यो क्रम भने वर्षामा यथावत् रहनेछ । सडक विभागको लापरबाहीले मुग्लिन–नारायणगढ सडकमा पहिरो नियन्त्रणको काम अघि बढ्न सकेको छैन । अहिलेसम्म सम्पन्न हुनुपर्ने पहिरो नियन्त्रणको काम सुरुवात नै भएकोे छैन । ‘पहिरो जोखिम क्षेत्र भनिएका स्थान पहिचान गरी, मूल्यांकन गरेर केन्द्रबाट ठेक्का प्रक्रिया पनि सकिएको छ । तर, ठेक्का सम्झौता नहुँदा काम अघि बढ्न सकेको छैन,’ मुग्लिन–नारायणगढसडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने ।

-चीनसँग नयाँ हवाई सम्झौता गरिँदै भन्ने शिर्षकमा दिवाकर पन्तको समाचार छापिएको छ। सरकारले चीनसँग नयाँ हवाई सम्झौताको प्रक्रिया अघि बढाएको छ । चीनका नयाँ सहरमा नेपाली जहाजले उडान गर्न पाउने गरी नयाँ सम्झौताका लागि विभिन्न चरणमा छलफल भइरहेको छ । सोही प्रक्रियाका लागि छिट्टै नेपाली टोली चीन जाने तयारी भइरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यसअघि चीनसँग सन् २००४ मा हवाई सम्झौता भएको थियो ।

राजधानी
-आजको राजधानीमा काठमाडौं तराई मधेस द्रूतमार्ग, तोकिएकै समय पूरा गर्न निर्देशन भन्ने शिर्षकमा सविन शर्माको समाचार छापिएको छ। संघीय संसद्को विकास तथा प्रविधि समितिले तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्धारित समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । आयोजना सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तत्काल स्वीकृत गरी नेपाली सेनालाई दिनसमेत समितिले निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले डीपीआर मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नभएकाले आयोजनाको पुल र सुरुङ निर्माण अघि बढाउन समस्या भएको जानकारी दिए।

नेपाल समाचारपत्र
आजको नेपाल समाचारपत्रमा झिमरुक किनारमा बर्खाभरि त्रास भन्ने शिर्षकमा सलिम अन्सारीको समाचार छापिएको छ। जब आकाशमा कालो बादल मदारिन थाल्छ, तब मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ’, प्युठान नगरपालिका–१० बड्डाँडाकाकी बिस्नी नेपालीले खोलाले बस्ती नै बगाउँछ कि भन्ने त्रास उत्पन्न हुने बताए।

ताजा समाचार

सम्बन्धित समाचार