पत्रपत्रिकामा आजः गलत डिजाइनले गौरीशंकर जोड्ने पुल नौ वर्षदेखि अलपत्र, भौतिक पूर्वाधारलाई प्राथमिकता

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा गलत डिजाइनले गौरीशंकर जोड्ने पुल नौ वर्षदेखि अलपत्र भन्ने शिर्षकमा श्याम खतिवडाको समाचार छापिएको छ । परामर्शदाता कम्पनीको गलत डिजाइनले जलविद्युत् आयोजना निर्माणस्थल दोलखाको बिगुबाट गौरीशंकर प्रवेश गर्ने सडकअन्तर्गत भोर्लेखोला पुल नौ वर्षदेखि अलपत्र रहेको छ । परामर्शदाता कम्पनी नेपाल कन्सल्ट प्रालिको गलत डिजाइनले निर्माणाधीन भोर्लेखोला पुल अलपत्र परेको हो । नेपाल कन्सल्ट प्रालिले १० वर्षअघि तत्कालीन लादुक र सुरी गाविस जोड्ने तामाकोसी नदीमाथि भोर्लेमा पुलको डिजाइन गरेको थियो ।

-एक वर्षमै तरकारीमा आत्मनिर्भर हुने सरकारी लक्ष्य कठिन भन्ने शिर्षकमा अजित अधिकारीको समाचार छापिएको छ । आगामी आर्थिक वर्ष ०७६र७७ का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ३४ अर्ब ८० करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । त्यसमध्ये केन्द्रमा २८ अर्ब ९ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा भौतिक पूर्वाधारलाई प्राथमिकता भन्ने शिर्षकमा समाचार छापिएको छ । सरकारले आर्थिक वर्ष ०७६र७७ को बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ। सडक, रेल तथा जल यातायात क्षेत्रको पूर्वाधार निर्माण गर्न एक खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटबाट आगामी आवको निम्ति देशैभरका राष्ट्रिय राजमार्गदेखि रेलमार्गसम्मको पूर्वाधार विकास गर्ने उल्लेख छ। बजेटको प्राथमिकतामा पुनर्निर्माण पनि परेको छ। सरकारले पुनर्निर्माणको कार्यलाई तीव्रता दिन एक खर्ब ४१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार