पत्रपत्रिकामा आजः यसरी सञ्चालन हुँदैछ तातोपानी नाका, तराई मधेस द्रुतमार्गको डीपीआर किन रोकियो ?

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा अतिक्रमण गरी बनाइएका टहरामा डोजर भन्ने शिर्षकमा समाचार छापिएको छ ।जिल्ला प्रशासन कार्यालयअगाडि वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरी बनाइएका पाँच टहरा डोजर लगाएर भत्काइएको छ । जिल्ला प्रशासन कार्यालयको गेटअगाडि भएको अतिक्रमणको विरोध हुन थालेपछि स्थानीय प्रशासनले टहरा भत्काउने हिम्मत गरेको हो । विदुरस्थित वनदेवी सामुदायिक वन क्षेत्रमा वर्षौंदेखि विभिन्न व्यापार सञ्चालन हुँदै आएका टहरा भत्काइएको हो । स्थानीय केही व्यक्तिले विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवाससँगै चिया पसल, फोटोकपी पसल सञ्चालन गर्दै आएका थिए ।

राजधानी
-आजको राजधानीमा तराई मधेस द्रुतमार्गको डीपीआर किन रोकियो ? भन्ने शिर्षकमा समाचार छापिएको छ । ‘काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट ट्र्याक)’को विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० मन्त्रिपरिषद्मा रोकिएको विषयमा सांसदले प्रश्न उठाएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सांसदले मंगलबार डीपीआर रोकिएकोमा आपत्ति जनाएका हुन् । फास्ट ट्र्याकलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखे पनि मन्त्रिपरिषद्मा डीपीआर पुगेको दुई महिना पुगे पनि कुनै निर्णय नहुँदा काम गर्न अप्ठयारो परेको भन्दै उनीहरूले राकिनुको कारण माग गरेका छन् ।

-विमानस्थल पुनः सञ्चालनको माग भन्ने शिर्षकमा सुरेश पन्तको समाचार छापिएको छ । ‘असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।विमानस्थल सञ्चालनका लागि दबाब दिन सामाजिक सञ्जालबाट सुरु भएको दबाबमूलक आन्दोलनलाई पूर्णता दिन यहाँका युवाहरूको मझगाउँ विमानस्थल संघर्ष समितिसमेत गठन गरेका छन् । पूर्ववन अधिकृत रमेश चन्दको संयोजकत्वमा मझगाउँ विमानस्थल संघर्ष समिति गठन गरेर युवाले दबाबमूलक आन्दोलन सुरु गरेका हुन् ।

प्रदेश ३ को नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, सडक र जलविद्युत् प्राथमिकतामा भन्ने शिर्षकमा सरिता दाहालको समाचार छापिएको छ । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । अघिल्लो आर्थिक वर्षको अधिकांश कार्यक्रम असफल प्रायः भएको भन्दै आलोचना खेपेको सरकारले यसवर्षको कार्यक्रम कुनै पनि हालतमा कार्यान्वन हुने प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले पढेर सुरु गरेको नीति तथा कार्यक्रमलाई प्रस्तुतिमा निरन्तरता दिँदै प्रदेश मुख्यमन्त्री पौडेलले प्रदेश विकासको कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री कार्यालयमा फलोअप डेस्क स्थापना गरिने उल्लेख गरे

नागरिक
-आजको नागरिकमा यसरी सञ्चालन हुँदैछ तातोपानी नाका भन्ने शिर्षकमा ध्रुव दङ्गालको समाचार छापिएको छ । सिन्धुपाल्चोक–चार वर्षदेखि बन्द नेपालको लाइफलाइन (जीवनरेखा) मानिने उत्तरको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आउँदै छ। बन्द हुनुअघि वार्षिक २० अर्बको आयात–निर्यात व्यापारबाट मुलुकलाई पाँच अर्ब रुपैयाँ राजस्व योगदान गर्दै आएको यो नाका व्यापारिक कारोबारसहित पुनः सञ्चालनमा आउन लागेको हो।

-कृषि कर्जा ५२ अर्ब बढ्यो भन्ने शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ ।कृषि क्षेत्रमा लगानी कम भएकाले उत्पादन वृद्धि हुन नसकेको गुनासो आइरहेको बेला यो वर्ष कृषि क्षेत्रमा कर्जा लगानी ५२ अर्ब आठ करोड रुपैयाँले बढेको छ। कृषि पछिल्लो समय लगानीकर्ताको प्राथमिकतामा परेपछि वित्तीय संस्थाले चालु वर्षको फागुनसम्म कृषि कर्जा लगानी ४०.६ प्रतिशतले बढाएका हुन्।

कान्तिपुर
-आजको कान्तिपुरमा सामाखुसी खोलाको मुहानैदेखि अतिक्रमण भन्ने शिर्षकमा शिल्पा कर्णको समाचार छापिएको छ । चावहिलबाट बसुन्धरा जाँदा बीचमा बसुन्धरा पुल छ । जसले टोखा नगरपालिका वडा नं। ५ र काठमाडौं महानगरपालिका वडा नं। ३ लाई छुट्याउँछ । टोखातर्फ हेर्दा सडक छन्, तर महानगरपालिकातर्फ हेर्दा अलिक फराकिलो ढलझैं संरचना देखिन्छ । त्यही हो सामाखुसी खोला ।

-गलत बीउ सिफारिस गरे जरिवाना भन्ने शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ । किसानलाई गलत बीउबिजन र मल सिफारिस गरे अब क्षतिपूर्ति दिनुपर्ने भएको छ । सरकारले बीउबिजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयकमार्फत क्षतिपूर्तिसहितको प्रावधान लागू गर्न खाजेको हो । विधेयकमा जरिवानाको रकम ५० प्रतिशतले बढाएको छ । ऐनरनिर्देशिकारकार्यविधि कार्यान्वयन गर्दा बाधा अवरोध खडा गरे वा धम्की दिएमा निरीक्षकले पटकैपिच्छे २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार