काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भन्ने शिर्षकमा दीपेश पछाई र दिवाकर पन्तको समाचार छापिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सकिएको छ । तीन किलोमिटर लामो धावनमार्ग निर्माणको काम मंगलबार सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । ‘विमानस्थलको सबैभन्दा महत्वपूर्ण काम रनवे निर्माण हो, बर्खाअघि नै यो काम नसकिएको भए सन् २०१९ भित्रै विमानस्थल सपन्न गर्न गाह्रो हुन्थ्यो,’ महानिर्देशक गौतमले भने, ‘सहज रूपमा काम हुँदा निर्धारित समयमै विमानस्थल सञ्चालनमा आउँछ ।’ टर्मिनल भवन निर्माणको बाँकी काम र अन्य पूर्वाधारमा अब केन्द्रित हुने उनले बताए । तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग पिच गर्ने काम ६ महिनाअघिदेखि सुरु गरिएको थियो ।
नागरिक
-आजको नागरिकमा प्रधानन्यायाधीशकै फैसलामा सार्वजनिक पोखरी व्यक्तिका नाममा भन्ने शिर्षकमा समाचार मातृका दाहालरमहेशकुमार दासको छापिएको छ । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुनेगरी फैसला गरेको खुलेको छ। अवकास हुनुभन्दा महिना दिनअघि प्रधानन्यायाधीश साह र न्यायाधीश (हाल प्रधानन्यायाधीश) चोलेन्द्रशमशेर जबराको इजलासले २०७२ जेठ १८ गते जलेश्वर नगरपालिका १० (महोत्तरी)को सारीस्थित दुई बिघा क्षेत्रमा फैलिएको सार्वजनिक पोखरी व्यक्तिका नाममा हुनेगरी फैसला गरेको तथ्य सार्वजनिक भएको हो।
राजधानी
-आजको राजधानीमा छोटो समयमा उच्च बर्षा भन्ने शिर्षकमा समाचार छापिएको छ । पोखरामा मंगलबार दिउँसो भीषण बर्षा भएको छ। यो वर्ष छोटो अबधिमै भएको यस वर्षकै सबैभन्दा उच्च हो ।
गोरखापत्र
-आजको गोरखापत्रमा खानेपानीका लागि ऋण खोज्ने चटारो भन्ने शिर्षकमा अमरराज नहर्कीको समाचार छापिएको छ । तनहुँको बन्दीपुर गाँउपालिका १ भँडाटार र नाहलाका अधिकांश बासिन्दा खानेपानीको लागि ऋण निकाल्न बाध्य छन् ।
-भरतपुरमा अतिक्रमित जग्गाको खोजी भन्ने शिष्र्मकमा शान्ता अधिकारीको समाचार छापिएको छ । भरतपुर महानगरपालिकाले ४१ बिघा भन्दा बढी सार्वजनिक जमिन पहिचान गरी संरक्षण सुरु गरेको छ ।





