पत्रपत्रिकामा आजः मेलम्चीमा बहुपक्षीय सहमति खोजिने, चार वर्षदेखि धराप ठेचो–चापागाउँ सडकखण्ड

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा मेलम्चीमा बहुपक्षीय सहमति खोजिने भन्ने शिर्षकमा समाचार छापिएको छ । सरकारले प्रमुख विपक्षी दल कांग्रेस, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतलगायतसँग बहुपक्षीय छलफलमार्फत सहमति गरी मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउने भएको छ  । इटालियन कम्पनी फर्किन नमानेपछि छुट्टै ठेक्का प्रक्रियाबाट आयोजनाको बाँकी काम अघि बढाउने तयारी सरकारले गरेको छ  ।

-गौतम बुद्ध विमानस्थलको काम पुनः सुरु भन्ने शिर्षकमा समाचार छापिएको छ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काम बुधबारदेखि पुनस् सुरु भएको छ । निर्माण कम्पनीले पाउनुपर्ने भुक्तानीमध्येको १० करोड रुपैयाँ पछि शोधभर्ना गर्ने गरी नागरिक उड्डयन प्राधिकरणलाई बुधबार उपलब्ध गराएपछि काम सुरु भएको हो । यसअघि सीधै निर्माण कम्पनीको बैंक खातामा आउने गरेको थियो ।

-कर्णालीमा पुल निर्माण तीव्र भन्ने शिर्षकमा ज्योति कटुवालको समाचार छापिएको छ । कर्णाली राजमार्गमा रहेका विभिन्न खोलामा लामो समयपछि २५ पुल निर्माणको कामलाई तीव्रता दिइएको छ । विश्व बैंकको सहयोगमा सडक विभागले पुल निर्माणको कामलाई तीव्रता दिएको हो । कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पालतडा, कानेखोला, दहीखोला, पातलेखोला, मट्टेखोला, रतिखोला, छेडाखोला, लोहाखोलालगायत पुलको काम धमाधम भइरहेको छ । कतिपय खोलाका पुल सम्पन्न भई उद्घाटनको तयारीमा छन् ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा चौतारोमा सूचना टाँसेर जग्गा पास भन्ने शिर्षकमा हिमाल दाहालको समाचार छापिएको छ । इटहरीको ३ विगाहा ९ कट्ठा ११ धुर जग्गा चौतारोमा सूचना टाँसेको भरमा अर्कै व्यक्तिको नाममा पास भएको खुलेको छ। मोती प्रसाईंको नाममा रहेको १० करोड रुपैयाँ पर्ने जग्गा सुनसरी अमाहीबेल्हा–७ कै लीलबहादुर नेपालको नाममा नामसारी भएको हो। २०६९ सालमा जग्गा नामसारी भइरहँदा जग्गा धनी मोती अमेरिकामा थिए।

-फस्टाउँदै वन्यजन्तु पर्यटन भन्ने शिर्षकमा यादव आर्चायको समाचार छापिएको छ । बर्दियमा लोपन्मुख पाटे बाघ बुद्धि हँदै गएपछि यहाँको पर्यटन व्यवसाय फस्टाउन थालेको छ ।

नागरिक
-आजको नागरिकमा आफैंलाई जित्दै कामिरिता भन्ने शिर्षकमा उपेन्द्र लामिछानेको समाचार छापिएको छ । संसारमा विभिन्नखाले प्रतिस्पर्धामा एकले अर्कालाई जित्ने र हराउने क्रम चलि नै रहेको हुन्छ। नेपालका एक आरोहीले भने आफैंलाई जितेर विश्वको ध्यान आफूतिर खिचेका छन्। २२औं पटक सगरमाथा चढेको आफ्नै रेकर्ड तोड्दै बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३औं पटक सर्वोच्च शिखर चुमेका ४९ वर्षीय कामिरिता शेर्पा सबैका मनमा छाउन पुगेका हुन्।

-सुल्झिएन दुई गाउँपालिकाको सडक विवाद भन्ने शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ । सडकको विषयलाई लिएर स्थानीयबिच भएको विवाद अझै टुंगोमा पुग्न सकेको छैन। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित ताल्तीमा निर्माण चरणमा रहेको ह्वासिन नारायणी सिमेन्ट उद्योगका लागि निर्माणाधीन सडकको विषयलाई लिएर गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका स्थानीयबिच दुई महिनाअघिदेखि विवाद हुँदै आइरहेको छ। दुई गाउँपालिकाको विवाद सुल्झाउन पटकपटक छलफल भइरहे पनि समाधान भने हुन सकेको छैन।

-चार वर्षदेखि धराप ठेचो–चापागाउँ सडकखण्ड भन्ने शिर्षकमा शिवहरि घिमिरेको समाचार छापिएको छ ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास छिर्ने ढोलाहिटी सडकखण्डकै साम्पाङचोकदेखि भित्र करिब ७ सय मिटर सडक गत दश महीनामा दुईपटक कालोपत्रे भइसक्यो। तर, त्यही सडकखण्ड हुँदै ललितपुरको ठेचो र चापागाउँ निस्कने सडकको हालत चार वर्षदेखि खराब छ। क्षेत्रका स्थानीयवासीले कालोपत्रको माग राख्दै मुख्य सडक नै छेकेर चार दिनदेखि प्रदर्शन गरिरहे तापनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार