पत्रपत्रिकामा आजः अदालतले गरायो खोला व्यक्तिको, मनोमानी उत्खनन् रोक्न जनता सक्रिय

काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा जनसंख्याभन्दा धेरै जमिनका टुक्रा भन्ने शिर्षकमा मुना कुँवरको समाचार छापिएको छ । देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब कि देशको जनसंख्या दुई करोड ९० लाख मात्रै छ ।

विराटनगरसहित १० स्थानीय तहको फोहोर व्यवस्थापन गर्न चिनियाँ प्रस्ताव भन्ने शिर्षकमा तीर्थराज बस्नेतको समाचार छापिएको छ ।प्रदेश १ का १० वटा स्थानीय तहमा उत्पादित फोहोर व्यवस्थापनका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । चाइना कन्च भेन्चर होल्डिङ लिमिटेडले विराटनगरपालिकासहित १० स्थानीय तहको फोहोर व्यवस्थापन गर्न लगानी बोर्डसमक्ष प्रस्ताव पेस गरेको छ । कम्पनीले फोहोर व्यवस्थापनमार्फत विद्युत् उत्पादनका लागि गत २६ चैतमा लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो ।

राजधानी
-आजको राजधानीमा कृषि उत्पादनमा तीव्र वृद्धि गर्ने सरकारको लक्ष्य भन्ने शिर्षमा कौशिला कुँवरको समाचार छापिएको छ । सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छीजन्य खाद्य वस्तु उत्पादनमा तीव्र वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि तथा पशुपन्छीजन्य खाद्य वस्तु उत्पादनमा तीव्र वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने बताएकी छन् ।

कान्तिपुर
-आजको कान्तिपुरमा अदालतले गरायो खोला व्यक्तिको भन्ने शिर्षकमा बलराम बानियाँ समाचार छापिएको छ । भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि(१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।

प्लास्टिक कमै प्रयोग हुन्छ बडिखेलमा भन्ने शिर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ । प्लास्टिकजन्य सामान प्रयोग घटाउन जति प्रयास भइरहे पनि सफल हुन सकेको छैन । ललितपुरको बडिखेलमा भने प्लास्टिक प्रयोग कमै हुन्छ । बेतबाँसबाट निर्मित सामानको प्रयोगले बडिखेललाई बेग्लै परिचय दिएको छ ।

नागरिक
-आजको नागरिकमा प्रकोप न्यूनीकरण गर्न तटबन्धन भन्ने शिर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ ।माडी नगरिपालिकामा चुरे पर्वतबाट बग्ने सानाठूला १८ खोला छन्। ती खोलाका कारण वर्षात्को समय माडीमा सधैं बाढीको उच्च जोखिम हुन्छ। माडी नगरपालिका–६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेरै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटकपटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

-मनोमानी उत्खनन रोक्न जनता सक्रिय भन्ने शिर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ । २४ मंसिर २०७५ मा धनगढीमाई नगर कार्यपालिकाले मनी निर्माण सेवा धनगढीमाईलाई निजी खानी सञ्चालन गर्न दिने निर्णय ग¥यो। त्यसपछि सो निर्माण सेवाले नगरपालिकालाई डेढ लाख राजस्व बुझाएर कसहा खोलाकिनारमा डोजर लगाएर अनियन्त्रित रूपमा ग्राभेल उत्खनन गर्दै आएको छ।

-बालीनाली जोगाउनै मुस्किल भन्ने शिर्षकमा मधुसुधन गुरागाईंको समाचार छापिएको छ । उ बेलामा वन र वनका जनावरलाई जोगाउनु पर्छ भनेर सरकारी वनलाई सामुदायिक र कवुलियती वनका रुपमा सरकारसँग लिइयो। वन जोगाउँदै जाँदा वनका जनावर पनि बढ्दै गए। यतिखेर तीनै जनावर हामै्र लागि चुनौती बनेका छन्,’ बनेपा–३, काँक्रेका किसान गोकुल बजगाईंले भने।

ताजा समाचार

सम्बन्धित समाचार