काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
अन्नपूर्ण
-आजको अन्नपूर्णमा कालिकोटमा आगलागी भन्ने शिर्षकमा समाचार छापिएको छ । कालिकोट जिल्ला प्रशासन कार्यलयमा आगलागी भएको छ । यसबाट करिब ९ लाखको क्षति भएको जिल्ला प्रशासन कार्यलयका निमित्त प्रमुख हरिबहादुर बस्नेतले जानकारी दिए ।
-जंगलमै हात्ती थुन्न योजना भन्ने शिर्षकमा रविन भट्टाईको समाचार छापिएको छ । झापाको दक्षिण क्षेत्रमा रहेको हात्तीलाई जंगल भित्रै थुन्ने योजना ल्याइएको छ । सौर्य विद्युतीय तारबार लगाएर हात्तीलाई जंगलकै थुन्ने योजना बनाइएको हो ।
-बन्यो रेल ऐनको मस्यौदा भन्ने शिर्षकमा निर्दोष घोरसाइनेको समाचार छापिएको छ । रेल विभागले रेल सञ्चालन सम्बन्धी कानुनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको छ ।
नागरिक
-आजको नागरिकमा वातावरणीय मूल्यांकन ५० दिनभित्रै भन्ने शिषर्कमा समाचार छापिएको छ । प्ररम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव मूल्यांन (इआइए) लाई ५० दिन भित्र टुंग्याइने भएको छ ।
-जनता र सरकारको प्राथमिकता विकास भन्ने शिषर्कमा समाचार छापिएको छ । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जनता र सरकारको एउटै प्राथमिकता विकास भएको बताएका छन् ।
-उपत्यकामा गुड्ने आधाभन्दा धेरै सवारी प्रदूषण जाँचमा फेल भन्ने शिर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ। काठमाडौं उपत्यकामा गुड्ने आधा चार पाग्रें सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन् । महानगरीय ट्राफिक महाशाखाले प्रदूषण जाँच गरेका चार पाग्रें सवारीमध्य झण्डै ५० प्रतिशत प्रदूषण जाँचमा फेल भएको तथ्यांक फेला परेको छ।
कान्तिपुर
-आजको कान्तिपुरमा फेरि अल्झियो वाग्मतीको काम भन्ने शिर्षकमा दीपेन्द्र विष्टको समाचार छापिएको छ । मुआब्जा नदिएसम्म काम अघि बढाउन नदिने भन्दै स्थानीयले ‘वाग्मती ब्युटिफिकेसन’ को काम पुनः ठप्प पारेका छन् तर पन्ध्र दिन बितिसक्दा पनि सरोकारवाला निकाय सहरी विकास मन्त्रालयले चासोसमेत देखाएको छैन ।ठेकेदार कम्पनीले जुटाएका निर्माण सामग्री सडक छेउमा अलपत्र छन् । यसअघि मन्त्रालयका सचिव रमेशप्रसाद सिंह र काठमाडौं ३ का सांसद कृष्ण राई, स्थानीय जनप्रतिनिधिबीच एक महिनाअघि मुआब्जा विवादबारे मन्त्रिपरिषदमा लगेर टुंग्याउने सहमति भएको थियो ।
-संसारकै उत्कृष्ट र्याफ्टिङ नदी अहिले बगर भन्ने शिर्षकमा अनिश तिवारीको समाचार छपिएको छ । साहसिक जलयात्राका लागि विश्वमै चिनिएका सुनकोसी र भोटेकोसी नदीमा क्रसर व्यवसायी र ठेकेदारले जथाभावी दोहन गरिरहेका छन् । बगरमा जताततै खाल्डैखाल्डा छन् । नदीको बीचबाट टिपर र एक्साभेटरले बाटो बनाएपछि जल पर्यटन संकटमा परेको व्यवसायीको गुनासो छ ।
राजधानी
-आजको राजधानीमा रानीपोखरी पुनर्निर्माणको काम सुस्त भन्ने शिर्षकमा टेनिस रोकाको समाचार छापिएको छ । आगामी वर्षको तिहारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको रानीपोखरीको पुनर्निर्माण कार्य सुस्त देखिएको छ ।रानीपोखरीको पुनर्निर्माण २१ फागुनदेखि काम सुरु भए पनि त्यसले गति भने लिन सकेको छैन । फागुन दोस्रो साता प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको पुरात्तवसम्बन्धी विज्ञसहितको बैठकले रानीपोखरी पुनर्निर्माणको मोडालिटीबारे टुंगो लगाएको थियो ।
-काठमाडौं–तराई मधेस द्रुतमार्ग, साना काम सकियो ठूला रोकियो भन्ने शिर्षकमा महेश्वर गौतमको समाचार छपिएको छ । नेपाली सेनाले गत ५ चैतमा सरकारलाई बुझाएको काठमाडौं–तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा मन्त्रीपरिषद्बाट स्वीकृत नहुँदा परियोजनाअन्तर्गतका ठूला काम रोकिएको छ । कोरियाली कम्पनी सुसुङले गत २० फागुनमा प्रतिवेदन तयार गरेर सेनालाई बुझाएको थियो । सेनाको सुझावअनुसार निर्माण कम्पनीले पहिले प्रस्तावित भन्दा केही परिमार्जन गरेर डीपीआर तयार गरेको थियो । त्यसपछि सेनाले प्राप्त डीपीआरको मस्यौदामा अध्ययनपछि सुझाव थपेर सरकारलाई बुझाएको थियो । परिमार्जित डीपीआरमा पहिले प्रस्तावित भन्दा सुरुङको संख्या बढेर दूरी घटेको छ ।