काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
राजधानी
– आजको राजधानीमा पानीको मुहान सुकेपछि विकासका कार्य प्रभावित भन्ने शिर्षकमा विजय नेपालको समाचार छापिएको छ। परम्परागत रुपमा प्रयोग हुँदै आएको पानीका मुहान सुक्दै जान थालेपछि दीगो विकासका कार्य प्रभावित भएका छन्। जापानको युनाइटेड नेसन्स युनिभर्सिटीले पोखरा युनिभर्सिटी (पोवी) स्कुल अफ इन्जिनियरिङको सहकार्यमा कास्कीमा पानीको अवस्थाबारे अथ्ययन थालेको हो ।
समाचापत्र
– आजको समाचारपत्रमा झापामा चियाबगान १९ दिनदेखी बन्द भन्ने शिर्षकमा समाचार छापिएको छ । सरकारले गत वर्ष राजपत्रमा सूचना प्रकाशन गरेर श्रम ऐन लागू गरेको छ । मजदुरले श्रम ऐनको कार्यान्वयनको माग गर्दै चियाबगान बन्द गरेका छन् । बगान बन्द भएको बिहीबार १९ औं दिन भएको छ ।
त्यसैगरी रुकुमपूर्वको सडक धमाधम कालोपत्रे हुँदै भन्ने शिर्षकमा धनवीर दाहालको समाचार छापिएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत रुकुमपूवमा सडक कालोपत्रे गर्ने कार्यले तीव्रता पाएको छ। रुकुमपूर्वको भुमे गाउँपालिका-३ किमोबाटोदेखि भुमे-१ तुपुबाङखोलासम्म १६ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ।
कुश्मा खरेहा-ज्ञमदी झोलुंगे पुल सञ्चालनमा भन्ने शिर्षकमा समाचार छापिएको छ । मुलुकका अग्ला पुल मध्येको एक पर्वतको कुश्मा नगरपालिका ७ खहरे अधिकारी फाँट झोलुंगे पसल निर्माण सम्पन्न भएको छ ।
गोरखापत्र
– आजको गोरखापत्रमा नदीजन्य पदार्थ उत्खननमा रोक भन्ने शिर्षकमा नरेन्द्र ढकालको समाचार छापिएको छ। पालुङ्टार-२ खोप्लाङको मसाने ठाँटीमा नियमविपरीत नदीजन्य पदार्थ निकालिएको भन्दै अनुगमन समितिले रोक लगाएको हो ।
तीन जिल्ला जोड्ने सडक कालोपत्रे भन्ने शिर्षकमा सकाचार छापिएको छ । भारतीय एक्जिम बैङ्कको पाँच अर्बको रुपियाँ सहुलियता ऋण सहयोगमा बन्न लागेको १०३ किलोमिटरको भेडेटार, राजारानी, बुधबारे, रबि, राँके सडक कालोपत्रेका लासग पहल शुरु भएको छ ।
तीन वर्षमा तीन पिलरमात्रै भन्ने शिर्षकमा समाचार छापिएको छ । कञ्चनपुरको लालझडी गाउँपालिकामा पर्ने देखतभूली पर्सिया शङ्कपुर गाउँ जोड्ने दोदा नदीमा निर्माण हुन लागेको पुल तीन वर्षमा तीन पिल्लर मात्रै निर्माण भएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा निर्माणाधीन पुलको नक्सा नै गलत भन्ने शिर्षकमा माया श्रेष्ठको समाचार छापिएको छ । अनामनगरस्थित धोबी खोलामाथि पुलको नक्सानै गलत भएको पाइएको छ । निर्माण गर्दै जाँदा पिलर सडकभन्दा माथि उठेपछि मात्र ठेकेदारले यसबारे पत्तो पाएका हुन् ।
नागरिक
– आजको नागरिकमा हावाहुरीले स्वास्थ्य केन्द्रमा क्षती भन्ने शिर्षकमा समाचार छापिएको छ । हावाहुरीले प्रथमिक स्वास्थ्य केन्द्र सल्यानको छाना उडाउँदा क्षती भएको छ ।