Wednesday, April 23, 2025

पत्रपत्रिकामा आज: ‘एलनिनो’को प्रभावले मौसममा व्यापक बदली, पुननिर्माणले भेट्टाएन लक्ष्य

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नेपाल समाचारपत्र
– आजको समाचारपत्रमा झापामा ५९ दशमलव ७५ हेक्टर वन क्षेत्रमा आगलागी भन्ने शिर्षकमा उत्तम नेपालको समाचार छापिएको छ । झापामा ४९ दशमलव ७५ हेक्टरको वन क्षेत्रमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मंसिरदेखि चैत मसान्तसम्ममा भएको वन डढेलोबाट यस्तो तथ्यांक आएको हो ।

त्यस्तै चट्याङ र हुरीले ७ घाइते भन्ने शिर्षकमा समाचार छापिएको छ । बारामा मंगलबार साझ परेको चट्याङ हावाहुरीबतासमा परेर सात जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको जिल्ला अस्पताल कलैया र एकको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दश अर्बको जडीबुटी अलपत्र भन्ने शिर्षकमा समाचार छापिएको छ। भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपालबाट निकासी हुने ठूलो मात्राको जडीबुटी अलपत्र परेको छ। व्यवसायीहरुले १० अर्बको बढीको जरीबुटी अलपत्र परेको जनाएका छन् ।

राजधानी
आजको राजधानीमा पुननिर्माणले भेट्टाएन लक्ष्य भन्ने शिर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। भूकम्पपछिको पुननिर्माणमा राष्ट्रिय पुननिर्माण प्रधिकरण आफ्नो लक्ष्य अनुरुप प्रगति गर्न असफल देखिएको छ। प्रधिकरणले तयार गरेको क्षेत्रगत योजना र वित्तीय प्रक्षेपणअनुसार दुई वर्षभित्र निजी आवास, तीन वर्षभित्र शैक्षिक तथा स्वास्थ्य संस्था र पाँच वर्षभित्र पुरातात्विक तथा सांस्कृतिक सम्पदाको निमार्ण सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

बेमौसमी वर्षले पुल बनाउने सामग्री बगायो भन्ने शिर्षकमा श्रीकृष्ण सिग्देलको समाचार छापिएको छ। स्याङजा र पर्वत जोड्ने गरी निमार्ण हुन लागेको सेतीखोला पुलका सामाग्री बेमौसाी वर्षले आएको बाढीले बगाएको छ। आउँदो असार मसान्तभित्र सम्पन्न गर्ने तयारीमा साथ निर्माण भएको पुलको सामाग्री बाढीले बगाएको हो।

गोरखापत्र
आजको गोरखापत्रमा ‘एलनिनो’को प्रभावले मौसममा व्यापक बदली भन्ने शिर्षकमा चाँदनी हमालको समाचार विगतका वर्षमा चैत बैशाखले पर्ने पानी दुई चार पटक परेर टुङ्गिन्थ्यो। उखरकाउलो गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रन्थ्यो तर पूर्व मनसुन अर्थात प्रि मनसुन नै यो पटक भने वर्षा जस्तै भएको छ।

सडक सञ्जाल विस्तार हुँदै भन्ने शिर्षकमा समाचार छापिएको छ। बुद्धको अखण्डित अस्तु धातस रहेको रामग्रम स्तूपा क्षेत्रमा अहिले सडक विस्तार लगायतका भौतिक निर्माण कामले तीव्रता पाएको छ।

वर्षले ग्रामीण सडक तहसनहस, यात्रुलाई सास्ती भन्ने शिर्षकमा समाचार छापिएको छ। केही दिनको वर्षले सडकमा क्षति पुर्याउन थालेपछि सास्ती सुरु भएको छ। सडक बिगार्नुका साथै ठाउँठाउँमा पहिरो गएपछि सडकको अवस्था तहसनहस भएको छ।

कान्तिपुर
– आजको कान्तिपुरमा हावाले छाना उडायो भन्ने शिर्षकमा समाचार छापिएको छ । चितवनको पहाडी क्षेत्रमा बुधबारको हावाहुरीले चेपाङ गाउँमा घरका छाना उडाएको छ । राप्ती नगरपालिका १३ स्थित स्यामराङ, वासवाङ र गुम्दीमा घरका छाना उडाएको स्थानीयले बताए ।

अन्नपूर्ण
– आजको अन्नपूर्णमा खोला फर्काएर बालुवा उत्खनन भन्ने शिर्षकमा शिव उप्रेतीको समाचार छापिएको छ। गेरखाका ठेकेदारहरुले दरौंदी नदीको धार परिवर्तन गरी दोहन पारेका छन् । पालुङटार नगरपालिकाले ठेक्का लगाएको मसानेपाटी घाटमा मेसिन प्रयोग गरी खोला फर्कएर खोप्लाङ कन्सट्रसन र सचेत कन्सट्रसन प्रलिले ढुंगा, गिटी बालुवा निकालेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार