कर्णाली

कर्णाली जलाशय

जलाशय क्षेत्रले ओगटेको क्षेत्रः ४३१८६.७ वर्ग किलोमिटर
जलाधारः ६०
पाँच संरक्षित क्षेत्रः  शे फोक्सुण्डो, रारा, खप्तड, बर्दिया र ढोरपाटन

पानी परियोजनाका प्राथमिकताका ८ जलाधार क्षेत्रः    कर्णालीका तल्लो क्षेत्र, मध्ये कर्णाली, तिला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, ठूली गढ, सेती नदी, सेती मध्य पश्चिम ।

जलविद्युत् क्षमताः माथिल्लो कर्णाली ९०० मेगावाट, तिला पहिलो ८३२ मेगावाट, तिला दोस्रो नलसिङगाढ ४१० मेगावाट, पश्चिम सेती ७५० मेगावाट, चिसापानी १ हजार मेगावाट ।

सिचाईः भेरी बबई डाईभर्सन, रानी जमरा कुलरिया, राजापुर सिचाई परियोजना (बुढी खोला)

राजमार्गः मध्ये पहाडी राजमार्ग, कर्णाली राजमार्ग,

कर्णाली करिडोर, पर्यावरण पर्यटन क्षमता

  • जलाधार क्षेत्रको रेन्ज २०६ वर्ग किलो मिटरदेखि १४८८ वर्ग किलोमिटर
  • मध्य पश्चिम सेती ः १४८८ वर्ग किलोमिटर मुगु कर्णाली १०४९ वर्ग किलोमिटर
  • तल्लो कर्णाली ८७५ वर्ग किलोमिटर, मध्ये कर्णाली ९०४ वर्ग किलोमिटर, ठूली गढ ८८६ वर्ग किलोमिटर
  • तिला ५४५ वर्ग किलोमिटर, ठूली भेरी ७९४ वर्ग किलोमिटर
  • सेती २०६ वर्ग किलोमिटर

पानी परियोजनाअन्र्तगत जलाधार क्षेत्रमा बसोबास गर्ने जनसंख्याः २५,७०,९३४ (महिला ५२ प्रतिशत)

पानी परियोजनाअन्र्तगतको जलाधार क्षेत्रमा रहेका जनसंख्याः ६३६,३४३ (२५ प्रतिशत)

मध्य कर्णाली र तल्लो जलाधार क्षेत्रमा जनसंख्या धेरै रहेका छन् ।

जैबिक बिबिधता र आधार क्षेत्र

  • डल्फिन, घोरियाल, गोहीः यि जलधारी प्राणीहरु नदीको तल्लो तटिय क्षेत्रमा भेटिन्छ ।
  • ईन्डेमिक माछाः सात वटा ईन्डेमिक माछा मध्ये नेपालको रारा तालमा तीन वटा पाईन्छ । Schizothorax macrophthalmus, S. nepalensis, and S. raraensis;
  • एम्फिबियाः रारा पाहा (पाहा रारिका)
  • रामसार साईटः फोक्सुण्डो र रारा ताल, चराहरुका लागि बासस्थानमा उपयुक्त मानिन्छ । जहाँ चिसो महिना लागेपछि चराहरु बसाई सरेर आउने गर्छन् ।
  • हिमचितुवाः हिमचितुवाको बासस्थानको लागि ठूलो क्षेत्र हो ।
  • रेडपाण्डा रातो हाब्रेः  मध्ये क्षेत्र रेडपाण्डाका लागि महत्वपूर्ण आधार क्षेत्र हो ।
  • कृषि जैबिकबिबिधताः एक हजार तीन सय वर्ष पहिला जुम्ली मर्सीको खेती तिला नदीको किनारामा गरिएको पाईन्छ । जुम्ली मर्सीका लागि चिसो ठाँउ उपयुक्त मानिन्छ ।

कर्णाली नदी आधार क्षेत्रको संरक्षणको महत्व

  • जैबिक बिबिधतामा समुदायहरुलाई सधै परिस्थितिक र हाईड्रोलिकल प्रक्रियाका लागि सुदृढ पार्नु पर्दछ ।
  • मानव समुदाय र जीवनशैलीको सुधार गर्नका लागि पर्यावरण चक्रको संरक्षण (विशेषतया पानी) स्रोत व्यवस्थापन र दिगोपनमा ध्यान दिनु जरुरी छ ।
  • उच्च प्रजातीको जनावर जस्तै हिमचितुवा को परिस्थितीजन्य अबस्थालाई स्थिर राख्नका लागि प्राकृतिक छटाका महत्वपूर्ण भुमिका हुन्छ ।
  • एनटीएफको संरक्षण र दिगो व्यवस्थापनका लागि जीवीकालाई स्थिर राख्न पर्दछ ।
  • वन्यजन्तुको गतिबिधीका लागि उत्तर देखि दक्षिण क्षेत्र खुल्ला गरिदिनुपर्छ ।
  • जलवायु परिवर्तन कम गर्नका लागि जैविक बिबिधता संरक्षण जरुरी छ ।
  • पर्या–पर्यटनको दिगोपन तथा सांस्कृति पर्यटकका लागि सहयोग गर्नु जरुरी छ ।
  • सुदृढ संरक्षण र बिकास