काठमाडौ, बैशाख २१ (हाकाहाकी)– स्वास्थ्य मन्त्रालयले आइतबार नेपालगञ्ज र विरगञ्जमा गरेर १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालगञ्जमा आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । दिउँसो ९ जना र साँझ ६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
दिउँसो पुष्टि भएका संक्रमितमध्ये ५ जना पुरूष र ४ जना महिला छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन् । साँझ पुष्टि भएका ६ जनामध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी १६,२१,३४ बर्षका पुरुष र ४०, ५५ र ६० बर्षका महिला छन् ।
त्यस्तै आइतबार नै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ ।