काठमाडौँ– टुँडिखेलको अतिक्रमण हटाउन संरक्षण अभियन्ताहरूले महानगरपालिकालाई पत्र बुझाएका छन्।
उनीहरूले सोमबार विभागीय प्रमुख नमराज ढकाललाई पत्र बुझाएका हुन्। टुँडिखेल क्षेत्रलाई तत्काल खुला गर्ने साथै मध्यकालीन र दीर्घकालीन योजनासहित अघि बढ्न ध्यानाकर्षण गराइएको बताइएको छ।
सामाजिक, साँस्कृतिक तथा वातावरणीय हिसाबले महत्वपूर्ण उपत्यकाको टुँडिखेललाई संरक्षण गर्न कार्तिक २३ देखि ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको थियो।
तीन महिनासम्म चल्ने ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत प्रत्येक शनिबार मानवसाङ्लो बनाएर टुँडिखेल घेराउ गरिने र अन्य कार्यक्रम हुनेछ। अतिक्रमणमा परेको टुँडिखेललाई पूर्वावस्थामै फर्काउन र देशैभर रहेका अन्य खुल्लास्थानहरुको संरक्षणका लागि सन्देश दिन पनि ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको आयोजकको भनाइ छ।
यो पनि पढ्नुहोस: