थाहा पाउनुहोस् बाघबारे ११ तथ्य

काठमाडौं–वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाघ संरक्षणका लागि अनुसन्धान र स्पष्ट योजनाको खाँचो रहेको बताएका छन्।

विश्व बाघ संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बाघ संरक्षणको मापदण्ड कतिसम्म हुने भन्नेमा स्षष्टता ल्याउनुपर्नेमा जोड दिए।

‘हामी बाघ दोब्बर पुर्याउने लक्ष्यमा छौं, उनले भने, ‘तर दोब्बर पछि कतिसम्म हाम्रो लक्ष्य हुने भन्नेमा निक्र्यौल हुनुपर्छ। उनले बाघ संरक्षणको अभियानमा सबैको हातेमालो हुनुपर्ने बताए। उनले बाघ संरक्षणको कुरा गरिरहदा वरपरका मानिसको पनि ख्याल गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले बाघ संरक्षण गरेवापत पर्यावरणमा फाइदा हुन्छ भनेर सबैले बुझ्न आवश्यक रहेको बताए।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले विज्ञान प्रविधिको समूचित प्रयोगबाट बाघ गणना गरिएको र वैज्ञानिक विश्लेषण बिना गणनाको तथ्यांक आउन नसक्ने बताए। ‘धेरै फोटो क्यामेरा ट्रयापमार्फत् कैद भएका छन्,’ उनले भने, ‘निकुञ्ज त्यसका मध्यवर्ती क्षेत्र तथा आसपासका जंगल र भारतीय सीमावर्ती निकुञ्जमा रहेका फोटो तुलना गरी विश्लेषण गर्नुपर्ने भएकाले ढिलाइ भएको हो।’ उनले वन्यजन्तुको संरक्षणका लागि नागरिकको पनि दायित्व रहेको बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त्ु तथा संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बाघ गणनामा नेपालले फड्को मारेको बताए। ‘पहिले पाइलाबाट गणना गरिन्थ्यो, अहिले क्यामेरा ट्रयापिङबाट भइरहेको छ,’ उनले भने।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले मानव र वन्यजन्तुवीचको सहअस्तित्व कायम गर्ने उपायतर्फ लाग्न सुझाव दिए। सदर चिडियाखाना जावलाखेलका प्रमुख डा. चिरञ्जीवी पोखरेलले बाघको अवस्था र यसको वासस्थान सम्बन्धि प्रस्तुती दिएका थिए।

यसैगरी विभागका उपमहानिर्देशक गोपाल भट्टराईले वाघ संरक्षणमा गरिरहेको प्रयास, संरक्षणका चुनौतिका बारेमा प्रष्ट्याएका थिए। अर्का उपमहानिर्देशक रामचन्द्र कँडेलले पारिस्थितीकीय प्रणाली सन्तुलन र आर्थिक सम्बृद्धिको आधार भएकाले बाघ दिवसको नारा सम्बृद्धिसम्म जोडिएको बताए।

हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाइँदै आएकोमा यस वर्षको नारा ‘सम्वृद्धिका लागि बाघ’ तय गरिएको थियो।

बाघ बारेका यी तथ्य जान्नुहोस्
–बाघ प्यान्थेरा टाइग्रिस फेलिडी परिवारको प्यान्थेरा वर्ग अन्तर्गत पर्ने ‘ठूलो बिरालो’ समूहको सबैभन्दा ठूलो र शक्तिशाली जंगली जनावर हो।

–पश्चिममा टर्कि, उत्तरमा साइबेरियादेखि दक्षिणमा बालीसम्मको भूभागमा पाइने बाघ पछिल्लो समय पूर्वी र दक्षिणी एसियाका १३ देशमा मात्र पाइन्छ ।

– बाघ एसियामा नेपाल, भारत, बंगलादेश, भुटान, थाइल्याण्ड, इन्डोनेसिया, लाओस् , म्यानमार, उत्तर कोरिया लगायतका देशमा पाइन्छ । विश्वमा सबैभन्दा धेरै बाघ पाइने देश भारत हो। उत्तर कोरियामा बाघ पाइएपनि गणना भएको छैन ।

–अहिले विश्वमा बंगाली बाघ सबैभन्दा धेरै संख्यामा पाइन्छ।

–साइबेरीयन बाघ सबैभन्दा ठूलो आकारको हुन्छ।

–बाघले एक पटकमा १५ देखि ४० किलोसम्म मासु खान्छ।

–नेपालमा ५ वटा राष्ट्रिय निकुञ्ज र आसपासका जंगल गरी २२ हजार वर्ग किलोमिटर क्षेत्रफलका जंगलमा बाघको गणना गरिएको छ।

–सन् २०१३ को तथ्यांक अनुसार नेपालमा १ सय ९८ वटा बाघ छन्।

–सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरुको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदैसन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेका थिए। नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याइने लक्ष्य छ।

–बाघ गणनाका लागि एक हजार ८ सय ८७ ग्रिड बनाइ एक हजार २ सय क्यामरा ट्«यापको प्रयोग गरिन्छ । यस्तै सन्टो कम्पास, रेन्ज फाइन्डर, जिपिएस, रेकर्डफमको समेत प्रयोग गरिएको बताइएको छ।

–ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा तीन वटा पाटे बाघ छन्।

ताजा समाचार

सम्बन्धित समाचार