Monday, September 23, 2024

जंगली हात्ती मृत फेला

७ असोज, बारा
करेन्ट लगाएर मारिएको अवस्थामा बारामा हात्ती फेला परेको छ ।

कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा आइतबार करिब १५ वर्षको जंगली हात्ती मृतावस्थामा फेला परेको कोल्हबी सवडिभिजन वन कार्यालय प्रमुख अब्दुल करिमले जानकारी दिए । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो ।

हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको छ । जंगलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने तथ्य बुझ्न अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने वन कार्यालयको भनाइ छ ।

यसअघि विसं २०८० फागुनमा पनि समेत सोही स्थानमा करिब ३ वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार