Friday, September 27, 2024

२० जिल्ला वर्षाको उच्च जोखिममा

११ असोज, काठमाडौं
लगातार वर्षाले देशभर बाढी पहिरोले क्षति गर्ने देखिएसँगै विभिन्न २० जिल्ला उच्च जोखिममा छन् ।

खहरे, खोला, नदी तटीय र जलाधार क्षेत्र आसपासका बस्ती तथा सडक र मानवीय चहलपहल हुने भेगमा मानवीय र अन्य क्षति हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले २० जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको हो । विभागको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ ।

मधेस प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रूपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपास भेगका अधिकांश नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाको भनाइ छ ।

पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा जोखिममा छन् । त्यस्तै गोरखा, लमजुङ, कास्की, म्याग्दी, बाग्लुङ, प्युठान, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा र आसपासमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा पनि बहाव बढ्ने सम्भावना देखिएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाएको छ । आगामी ३ दिन कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला नदीको जलसतह सतर्कता तह आसपासमा रहने अनुमान गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार