Saturday, September 28, 2024

आँधीखोलाका माछा सखाप प्रकरण : कारबाहीमा प्रशासन मौन

काठमाडौं–आँधीखोलाको स्याङ्जा गल्याङस्थित खण्डमा २१ वैशाख २०७५ राति एमोनियायुक्त विषाक्त कुखुराको सुली मिसाउँदा माछासहित जलचर सखाप भएको घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस भएपनि स्याङ्जा प्रशासन मौन बसेको छ।

भिरकोट नगरपालिका–६ मा सञ्चालित खिलुङ कालिका एग्रो फार्मले सुली मिसाएपछि छानबिनका लागि गठीत समितिले १२ देखि १३ टन माछासहित जलचर प्राणी सखाप भएको र १ करोड १७ लाखको क्षति भएको ठहरसहित गत जेठ दोस्रो साता नै जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो।  

आँधीखोलामा विषाक्त सुली मिसाउँदा एक करोडको क्षति : छानबिन समिति 

तर, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कौशलहरि निरौला प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताउँछन् । ‘प्राविधिक कारणले स्वभाविक रुपमा ढिलो भएको हो, कारबाहीको प्रक्रियामै छ,’ उनले भने।

घटना पश्चात प्रशासनले खिलुङ कालिका एग्रो फर्मका कार्यकारी प्रमुख शोभाकान्त ढकाल, स्काभेटर चालक कृष्ण परियार, डिल्लीराम अधिकारी र सन्तोष अर्याललाई जलचर संरक्षण ऐन–२०१७ अनुसार मुद्दा चलाएको थियो। तर, घटना भएको अढार्इ महिना वित्दा समेत कारबाही अगाडि बढेको छैन।

कसले मिसायो आँधीखोलामा एमोनिया?

घटना लगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। तर, त्यसको केही दिनमै रिहा गरिएको थियो।
जलसंरक्षण ऐन २०१७ (संशोधन २०७४ मंसिर) अनुसार हानिनोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

छानबिन समितिकी संयोजक एवं गल्याङ नगरपालिकाकी उपमेयर देवीसरा थापाका अनुसार फार्मबाट निस्कने सुली आँधीखोलामा मिसाउँदा गल्याङको वडा नम्बर ३, ७ र ११ प्रभावित भएका थिए। प्रशासनले गठन गरेको छानबिन समितिमा तीनवटै वडाका अध्यक्ष रहेका थिए।

आँधीखोलाका माछा एमोनियाले मरेकोे पुष्टि

यसैगरी, अक्सिजनको मात्रा न्यून र एमोनियाको मात्रा अधिक हुँदा आँधीखोलामा माछासहित जलचर मरेको केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौंले पुष्टि गरेपछि मिर्मीस्थित मत्स्य विकास केन्द्रले पनि सोही अनुसारको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार