Friday, September 27, 2024

महिला सशक्तिकरणका लागि वन संरक्षण

रुख र वन पृथ्वीमा रहेका प्राणीका लागि अपरिहार्य छ। त्यसैले दीर्घकालीन विकास लक्ष्य २०३० पूरा गर्न पनि रुख र वन अपरिहार्य छ । र, यसलाई जोगाउन आवश्यक छ।

एकछिन तपाईँको आँखा बन्द गर्नुस् र एउटा रुखको कल्पना गर्नुसः मिठो बास्ना आउने देवदार वनस्पति, बलुस अथवा् अग्लो कपासको रुख। तपार्इँले वाल्यकालको कुनै फलफूल तथा वनस्पति कल्पना गर्नु भएको पनि हुनसक्छ।

Photo Sources : Republica

अब लामो घना जंगलमा रहेको एउटा रुख सम्झनुस्। रुख र बिरुवाले मानव जीवनका लागि आवश्यक वस्तु र सेवा उपलब्ध गराइरहेका छन् । हामीलाई चाहिले स्वच्छ हावा, स्वस्थ खाना र पानी, आश्रय र हामीलाई चाहिने औषधि सबै रुखले प्रदान गर्दछ। रुख र वनजंगलले कुनै पनि विकासको योजनामा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन्।

दीर्घकालीन विकास लक्ष्य सन् २०३० का लागि त झन् यसको महत्वपूर्ण भूमिका रहेको छ, किनकी यसले गरीबीको अन्त्य गर्ने, पृथ्वी जोगाउने र शान्ति र समृद्धिको लागि योगदान गर्ने लक्ष्य लिएको छ।

यसका १७ वटा दीर्घकालीन लक्ष्यहरूमा गरिबी र भोकमरीको अन्त्य गर्ने, कृषिका लागि माटोको संरक्षण गर्ने, स्वच्छ हावा र पानीको प्रत्याभूति गर्ने र जलवायु परिवर्तनसँग जुध्ने लगायत छन्। एकछिन विचार गरांै, लाखांै मान्छेहरूको जीवनयापन जंगलका उत्पादनहरूको संकलन र बिक्रीसँग सम्बन्धित रहेको छ।

जस्तो इन्धनको लागि काठको प्रयोग, काठ, खाना बनाउने प्रयोजन र औषधि बनाउने वनस्पति यसका उदाहरण हुन्। भारतमा झण्डै ५० मिलियन घरपरिवार फलफूल र दैनिक पौष्टिक तत्वको लागि वनमा निर्भर हुने गर्दछ। दीर्घकालीन विकासले लिएको एउटा लक्ष्य पूरा गर्न वनले कसरी योगदान गर्नसक्छ भन्ने यो उदाहरण हो।

अन्य लाखांै मानिसहरू खाना पकाउन र पानी तताउने प्रयोजनका लागि काठको प्रयोग गर्दछन्। हामी सबैका लागि स्वच्छ हावाको आवश्यकता छ। यति मात्र होइन, जंगलले हामीलाई पर्याप्त कार्वन प्रदान गर्दछ। वास्तवमा हाम्रो विकासका जुनसुकै विषयमा पनि वनले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छ।

यसले हाम्रो जमिन मरुभूमि हुनबाट रोक्छ अनि हाम्रो माटोको उर्वरा शक्तिसमेत बढाउन मद्दत गर्दछ। साथै, यसले कृषिको उत्पादकत्व वढाउन समेत सहयोग गर्दछ। हामीले यो पनि बिर्सन हुँदैन कि जैविक विविधता संरक्षण र वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ।

वनले लाखौ महिलाको जीवन निर्वाह र लैंगिक समानता कायम राख्न योगदान गर्दछ जुन अर्काे दीर्घकालिन लक्ष्य हो। त्यसैगरी महिलाको सशक्तिकरणमा पनि वनले महत्वपूर्ण योगदान गर्नसक्छ। पश्चिम अफ्रिकामा ५० लाखभन्दा बढी महिला रुखबाट विभिन्न प्रकारका ओखरहरुको संकलन, प्रशोधन र बजारीकरण गरेर आफ्नो जीवनयापन गरिरहेका छन्।

महिलाहरूले आफूले कमाउने पैसा खाद्यन्न र घरपरिवारका लागि आवश्यक पर्ने अन्य सामग्री र खाद्यन्नमा खर्च गर्ने भएकाले भोकमरी अन्त्य गर्न सहयोग गर्दछ। त्यसैले यसले वच्चाको स्वास्थ्य र शिक्षामा पनि योगदान गर्दछ।

शहरी भागमा रुखले शीतलता प्रदान गर्नुका साथै प्रदूषित हावालाई स्वच्छ बनाउने योगदान गरिरहेका छन् । हामीमध्ये धेरैलाई थाहा छ रुखले सफा र स्वच्छ स्वाँस फेर्ने अवसर प्रदान गरिरहेको छ। अझ विश्वको एक तिहाई शहरहरुले आफूलाई चाहिने खानेपानीको धेरै अंश वनबाट प्राप्त गर्ने गर्दछन् । यति मात्र जंगले सफा खानेपानी उपलब्ध गराउने गर्दछ ।

वन र जंगले यति महत्वपूर्ण सेवा र वस्तु उपलब्ध गराएपनि यतिबेला जंगलले निकै चुनौतीको सामना गरिरहनु परेको छ। निरन्तर रुपमा वन विनाश भइरहेको छ। विशेषगरी अफ्रिका र ल्याटिन अमेरिकामा वन विनाश एकदमै तीव्र रुपमा भइहेको छ।

योसँगै अर्काे सकारात्मक समाचार पनि रहेको छ–विश्वमा वन विनाशको दरमा निकै कमी आएको छ। सन् २०००सम्म वार्षिक ७ दशमलव ३ मिलियन हेक्टर वनक्षेत्र नोक्सान हुने गरेकोमा सन् २०१५ मा त्यो ३ दशमलव ३ मिलियन हेक्टरमा झरेको छ। अझै केही सकारात्मक समाचार रहेका छन्। विभिन्न क्षेत्रमा वन रोप्ने परियोजनाले प्रतिफल दिइरहेका छन् र जंगलको मात्रा पनि बढीरहेको छ।

(लेखक संयुक्त राष्ट्रसंघको खाद्य र कृषि संगठनको वन विभागका उपमहानिर्देशक हुन् । रिपब्लिका दैनिकमा प्रकाशित उनको लेखको भावनुवाद)

ताजा समाचार

सम्बन्धित समाचार