Thursday, September 26, 2024

चीनलार्इ गैंडा उपहार : प्रधानमन्त्रीले बिहीबार बिहान ९ : ३० बजे हस्तान्तरण गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान चीनलाई एक जोडी एकसिंगे गैंडा हस्तान्तरण गर्ने भएका छन्।

खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राङ्गणमा बिहीबार बिहान साढे ९ बजे हुने औपचारिक कार्यक्रममा प्रम ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई गैंडा हस्तान्तरण गर्ने कार्यक्रम छ। प्रम ओलीले गैंडाको आधिकारिक हस्तान्तरणको कागजात र सम्झौतापत्र हस्तान्तरण गर्नेछन्। चीनले उपहारस्वरुप लैजाने लागेको गैंडाको कृत्रिम गर्भाधान गराउने पाइने छैन।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लगायतको उपस्थिति रहनेछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले एकसिंगे गैंडाबारे चिनियाँ टोलीलाई जानकारी गराउने कार्यक्रम पनि रहेको छ।

नेपालले पहिलो चरणमा बिहीबार ‘भद्र’ र ‘रुपसी’ नामक एकसिंगे गैंडा चीनलाई हस्तान्तरण गर्न लागेको हो। अर्काे जोडी गैंडा आगामी आर्थिक वर्षमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको महानिर्देशक खड्काले जनाए।

चितवनबाट गाडीमा राखेर ल्याइएको खोर सहितको गैडा चिनियाँ कार्गो विमानमा चीन जाने छ । खोर विमानमा राखेर पनि चीनतर्फ पठाइने चितवनका चिफ वार्डेन बेद कुमार ढकालले जानकारी दिए ।   ती गैंडालाई ट्रकमा राखेर मंगलबार राति चितवनबाट काठमाडाैं पुर्याइएको थियो। गैंडासँगै २ जना केयर टेकर र १–१ जना भेटरिनरी डाक्टर र सहायक प्राविधिक चीन जानेछन्।

चीनको ग्वान्जाओस्थित पान्युमा रहेको चिमेलोङ सफारी पार्कमा ‘रुपसी’ र ‘भद्र’ लाई राखिने सरकारी अधिकारीहरुले बताएका छन्।

सम्बन्धित समाचार
खुमलटारमा ‘भद्र’ र ‘रूपसी’ (फोटो फिचर)
सेनाको स्कटिङमा ‘रुपसी’ र ‘भद्र’ को काठमाडौं यात्रा
एकसिंगे गैंडालाई चीनको राष्ट्रिय चिडियाखानामा राखिने
गैंडा कुटनीति : चीनमा प्रम ओलीको प्रशंसा
अन्तिम तयारीमा ‘गैंडा कुटनीति’

ताजा समाचार

सम्बन्धित समाचार