Monday, September 23, 2024

वातावरणमा काठमाडौं महानगरको साढे ५४ करोड बजेट, माेनोरेल र ई–ट्‍वाइलेट प्राथमिकतामा

काठमाडौं महानगरपालिकाको नगरसभा तथा तेस्रो अधिवेशनमा सहभागी भएका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्की लगायत । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५-०७६ का लागि १३ अर्ब २ करोड १२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आइतबार भएको नगरसभाको तेस्रो अधिवेशनमा उपमेयर हरिप्रभा खड्कीले सार्वजनिक गरेको बजेटमा वातावरण व्यवस्थापनमा ५४ करोड ४५ लाख बजेट विनियोजन गरिएको उल्लेख छ।

यसैगरी, विपद् व्यवस्थापनमा १६ करोड ८६ लाख र सम्पदा पुनर्निर्माणमा ५१ करोेड ५७ लाख विनियोजन गरिएको छ। सम्पदा पुनर्निर्माणतर्फ रानीपोखरी र दरबार हाइ स्कूलको पुनर्निर्माण अघि बढाउने बजेटमा उल्लेख छ। काष्टमण्डपको पुनर्निर्माण सुरु भइसकेको छ।

महानगरले माेनोरेल, विद्युतीय बस, इ–ट्‌वाइलेट र इ–पार्किङ निर्माणलाई प्राथमिकतामा राखेको छ। महानगरले ती आयोजनाको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न १५ करोड १० लाख विनियोजन गरेको छ। जसअन्तर्गत १० करोड रुपैयाँ शहरी यातायातका लागि रहनेछ।

महानगरले शहरी आयोजना आयोगका लागि ९ करोड ४६ लाख र शहरी विकासका लागि ७ करोड ८१ लाख बजेट विनियोजन गरेको छ।

महानगरपालिकाले कौसी खेतीलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ। उसले कृषि, पशु तथा सहकारीतर्फ ६ करोड १८ लाख विनियोजन गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार