Monday, September 23, 2024

पत्रपत्रिकामा आज : महाकालीको पानी प्रदूषित बन्दै , गत वर्षभन्दा दुई गुणा प्रदूषण

काठमाडौं–आज प्रकाशित विभिन्न पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।
कान्तिपुर
‘किरा पाउनै छाड्यो, अब के खाने ? ’ शीर्षकमा बझाङबाट कान्तिपुरमा खबर प्रकाशित छ । वसन्तप्रताप सिंहले लेखेको खबरमा यार्सा टिपेर वर्षभरि मोज गर्न पाइन्छ भनेर खेतीपाती गर्न छोडेका किसानहरु चिन्तीत भएको उल्लेख छ । यहिसँग जोडिएको अर्को खबर कलेन्द्र सेजुवाल र राजबहादुर शाहीले सुर्खेत र मुगुबाट लेखेका छन् । ‘ अवैध बाटोमा हिमाली हिरा ’ शीर्षकको समाचारमा संकलित यार्चागुम्बा अवैध बाटो हुँदै विक्री वितरण हुने जनाइएको छ । यसैगरी कान्तिपुरको कोसेली पृष्ठमा ‘चरा राजधानीका पाहुना ’ शीर्षक दिएर केही कोसीटप्पु वन्यजन्तु आरक्षमा पाइने चराका तस्बिरहरु प्रकाशित भएका छन् । नीलपुच्छे मुरलीचरा , बीउ कुहियो , स्वर्गचरी ,जुरे कोइली ,गाजले सुनचरी , घ्यानी वकुल्ला लगायतका चराको तस्बिर यात्रा राई थुलुङले खिचेका हुन् ।

अन्नपूर्ण पोष्ट
उपत्यकामा रहेको सडक र सवारीको अवस्थाले वातावरणमा परेको प्रभाव सम्बन्धि खबर सुवास गोतामेले लेखेका छन् । ‘साँघुरा सडक , अचाक्ली गाडी , व्यवस्थापन हम्मे ’ शीर्षकमा सो खबर प्रकाशित छ । यसैगरी नितु घलेले जावलाखेल सदर चिडियाखाना अगाडिको जावलाखेल मैदानमा कुनै पनि प्रकारको सांगीतिक कार्यक्रम लगायत ध्वनि प्रदुषण हुने खालका गतिविधी गर्न रोक लगाएको खबर पनि प्रकाशित छ ।
‘महाकालीको पानी प्रदूषित बन्दै ’ शीर्षकमा दार्चुलाबाट सुन्दरसिंह धामीले खबर लेखेका छन् । यार्सा टिप्न हिमालदेखि तराईका फाँटसम्मको बस्तीका कारण नेपाल–भारत सीमा नदी महाकाली प्रदुषित बनिरहेको छ । केराखेतीबाटै घर , घडेरी र गाडी किन्न सकेको कृषक यज्ञप्रसाद सुवेदीको सफलताको कथा अनिल ढकालले लेखेका छन् ।

राजधानी
रानीपोखरी पुनर्निर्माण सम्बन्धि समाचार राजधानी दैनिकमा छ । खबरमा जनाइए अनुसार एक साताभित्र त्यहाँ लगाइएको कंक्रिट हटाइने भएको छ । गोरखामा घण्टौं पानी बोक्नो समस्या समाधान भएको खबर पनि सोही पत्रिकामा छ ।

नयाँ पत्रिका
गत वर्षभन्दा दुई गुण प्रदूषण बढेको समाचार नयाँ पत्रिकामा छ । चितवनको सौराहा, रुपन्देहीको लुम्बिनी र ललितपुरको पुल्चोकको हावामा अघिल्लो मनसुनको तुलनामा यो वर्षको १ जेठदेखि प्रदुषण बढ्दै गएको देखिएको छ । यसैगरी उपत्यकाका दुई महानगरपालिकाले धुलो नियन्त्रण गर्न ब्रुमर किन्न लागेको समाचार नयाँ पत्रिकामा वीरेन्द्र ओलीले लेखेका छन् ।

नागरिक
नागरिकमा राजधानीका विभिन्न सडकको अवस्थालाइ चित्रण गरेर समाचार बनाइएको छ । सडकका कारण निम्तने वातावरणीय समस्याका विषयमा पनि ती समाचारमा उल्लेख गरिएको छ ।
‘चुरे फेदमा खानेपानीको हाहाकार ’ शीर्षकमा नागरिकमा खबर प्रकाशित छ । टंक क्षेत्रीले लेखेको समाचारमा बाढीले खानेपानीको पाइप बगाएपछि जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित कालिन्जोरका डेढ सय घरधुरीमा खानेपानीको हाहाकार भएको छ । पाँचखालवासी इँटाभट्टा हटाउन प्रशासन गुहार्दै गरेको खबर मधुसुधन गुरागाईंले लेखेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार