Saturday, October 26, 2024

पत्रपत्रिकामा आज : हिमालमा फोहोरको डंगुर, गर्मीले प्रदेशसभा प्रभावित

काठमाडौँ – आजका पत्रपत्रिकाहरूले मेलम्चीमा १ अर्ब ६ करोडको सीएमसी दाबी गलत, हिमालमा फाहोरको डंगुर, गर्मीले प्रदेशसभा प्रभावित, निर्माण कार्य कछुवा गतिमा लगायतका समाचार प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टले ‘मध्यस्थतामा जाँदै सरकारः मेलम्चीमा १ अर्ब ६ करोडको सीएमसी दाबी गलत’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको छ । डिस्प्युट बोर्डे मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीको दाबीअनुसार विभिन्न ६ वटा विषयमा १ अर्ब ६ करोड रुपैयाँ दिनु भनि गरेको निर्णयमा चित्त नबुझेपछि सरकार सिंगापुस्थित आर्बिट्रेसनमा जाने भएको समाचारमा उल्लेख छ ।

त्यस्तै ‘हिमालमा फहोरको डंगुर, कागजी रुपमा सफा’ शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । पर्यटन विभागमा प्रत्येक आरोहण दलले १६ वर्षयता जम्मा गरेको चार हजार अ‍ेमरिकी डलर धरौटी अब फिर्ता भएको छ, यसको अर्थ हिमालमा फोहार छैन भन्नु हो। हिमालमा फोहोर गरे धरौटी जफत गर्ने कानुनी व्यवस्था छ । हिमाल आरोहण गर्ने प्रत्येक आरोहण दलले फोहोर व्यवस्थापन गर्न चार हजार अमेरिकी डलर राख्नु अनिवार्य छ । फोहोर हिमालमा छाडे धरौटी जफत हुने व्यवस्था कार्यान्वयन नहुँदा आधारशिविरभन्दा माथि फोहोरको डंगुर थुप्रेको समाचारमा छापिएको छ ।

त्यस्तै ‘गर्मीले प्रदेशसभा प्रभावित’ भन्ने शिर्षकमा पनि समाचार छापिएको छ । प्रदेश १ को बजेट अधिवेशन जारी छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल प्रलेशसभा बैठकमा सुरु भएको छ । नीति तथा कार्यक्रममाथि बहस चलिरहँदा सोमबारको बैठक सकसपूर्ण मात्र होइन रोमान्चक पनि देखिएको छ । गर्मीका कारण प्रदेशसभाभित्र माननीयलाई सकस भएको देखिन्थ्यो। समाचारमा उल्लेख छ।

कान्तिपुर दैनिक
-कान्तिपुर दैनिकले ‘मनोहरा खोलाको बहाब परिवर्तन’ गरिने समाचार प्रकाशित गरेको छ । काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा खोलाको कटानले बस्ती जोखिममा परेको छ । मनोहरा खोला कटानले चाँगुनारायण नगरपालिका ४ कुइँकेल गाउँ, मगर गाउँलगायतका बासिन्दा त्रसित छन् । खोला कटान नियन्त्रण तथा व्यवस्थापनका लागि कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा चाँग्नारायण नगरपालिका वडा नम्बर ४ ले खोलालाई २०२१ सालको नक्साअनुसार खोलाको बहाब परिवर्तन गर्ने भएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिक
– आजको नागरिकले ‘निर्माण कार्य कछुवा गतिमा’ भन्ने शिर्षकमा समाचार छापेको छ। ठेकेदार र हुलाकी राजमार्ग निर्देशनालयका कारण दुई लेनको मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डको निर्माण कार्य कुछुवा गतिमा भइरहेको समाचारमा उल्लेख छ ।

त्यस्तै ‘वर्षातमा राजमार्ग नियमित बनाउन कार्ययोजना’ शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । वर्षाका बेला पनि राजमार्ग नियमित यातायात सञ्चालन गर्न कार्ययोजना अघि बढाइएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने राजमार्ग वर्षाका बेला पनि अवरुद्ध हुन नदिन कार्ययोजना बनाइएको समाचारमा छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार