Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : खानेपानीको श्रोतमै लेदो, बगरमा फस्टाउँदै मकै

काठमाडौँ – आजका पत्रपत्रिकामा विद्युतीय सवारीमा जाँदा पुनर्विचार, खानेपानीको श्रोतमै लेदो, गर्मीले ज्यानै गयो, रोकिएन नदी दोहन, बगरमा फस्टाउँदै मकै, आयोजनाको नाममा अवैध उत्खनन्,जलवायु परिवर्तनको असर : सतबाँझमा स्याउको लोप अब जैतुन र ओखरको खेती लगायतका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट
– अन्नपूर्ण पोस्टले ‘विद्युतीय सवारीमा जाँदा पुनर्विचार’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । सात प्रदेशमा इन्धन भण्डार गृह बनाउने सरकारी निर्णय पुनर्विचार गर्नुपर्ने देखिएको छ। सरकारी अध्ययनले इन्धन भण्डारको औचित्यमाथि आशंका देखाएपछि यस्तो अवस्था आएको हो ।

त्यस्तै अन्न्पूर्णमै ‘खानेपानीको श्रोतमै लेदो’ शिर्षकमा अर्को समाचार छापिएको छ । निभुवा खोलामा केही दिनयता लेदोसहितको बाढी आउँदा धनकुटा नगरपालिकामा खानेपानीको समस्या भएको समाचारमा उल्लेख छ ।

त्यस्तै गर्मीले ज्यानै गएको समाचार पनि अन्नपूर्णमा छापिएको छ । अत्यधिक गर्मीले बेहोस हुँदा महोत्तरी गौशला ८ बलेगाछीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी गौशालाले जनाएको छ ।

नागरिक दैनिक
– नागरिक दैनिकले ‘रोकिएन नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । मौसम विभागले गत वर्षको तुलनामा यसपाली बढी वर्षा हुने अनुमान गरेकोल रौतहटकका नदी एवम् खोला किनाराका बासिन्दा निकै त्रसित बनेका छन् । नदीमाा जथाभावी उत्खनन् हुँदा गाउँतिरै खोला सोझिने आशंकामा उनीहरू त्रसित बनेका हुन् । सरकारी संयन्त्रकै संलग्नतामा नदीको अत्यधिक दोहन भइरहेको छ । नदीको अव्यवस्थित र अनुचित उत्खनन् तत्काल नरोकिए वर्षायाममा ठूलै विपद् निम्तिने स्थानीयको भनाई रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै नागरिकमै ‘नक्कली मलबीउ दिए हर्जना तिर्नुपर्ने’ शिर्षकमा समाचार छापिएको छ । सरकारले गरिबी, भौगोलिक रुपमा पछि परेका विपद्मा रहेका घरपरिवारको सूची तयार गर्ने भएको छ । गाउँ सहरमा गरिबी, भौगोलिक विकटता, विपद्मा रही खाद्य असुरक्षा रहेका लक्षित घरपरिवरको पहिचान गरी विवरण तयार पार्ने व्यवस्था विधेयकमा जारी गरिएको समाचारमा उल्लेख छ । त्यस्तै नागरिकमै मनसुन सुरु, बाढी व्यवस्थापन तयारी शून्य भन्ने शिर्षकमा समाचार छापिएको छ ।

कान्तिपुर
-कान्तिपुरमा ‘बगरमा फस्टाउँदै मकै’ शिर्षकमा समाचार छापिएको छ । मकवानपुरका कृषकका लागि बाग्मती नदी किनार हिउँदमा बरदान साबित हुने गरेको छ । वर्षयाममा थामिनसक्ने गरी उर्लेर आउने नदी किनार हिउँदमा मकैको बोटले हराभरा हुने गर्छ । वर्षायाममा किनार नै ढाक्नेगरी नदी बगेको देख्नेहरू अहिले मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बाग्मती गाउँपालिकामा पुगे भने मकै फलेको देखेर छक्क पर्ने समाचारमा उल्लेख छ ।

गोरखापत्र
-आजको गोरखापत्रमा आयोजनाको नाममा अवैध उत्खनन् शीर्षकमा समाचार प्रकाशित भएको छ । भैरहवाको तिनाउ खोलाको मगरघाट हरिहरपुर क्ष्ँोत्रमा ठूला आयोजनाको नामा अवैध रुपमा उत्खनन् भइरहेको छ । जसका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाका केही वडामासमेत त्यसको असर परेको समाचारमा उल्लेख छ ।

त्यस्तै ‘गर्मीका कारण तराईको जनजीवन कष्टकर’ शीर्षकमा अर्को समाचार छापिएको छ । पछिल्लो केही दिनयता बढेकमो अत्याधिक गर्मीकाकारण सप्तरीसहित तराईको जनजीवन कष्टकर बनेको समााचारमा छापिएको छ ।

नयाँ पत्रिका
– नयाँ ‘प्रकोपबाट बच्न सरकारको तयारी’ सुरु शिर्षकमा समाचार प्रकाशित भएको छ । केही दिनभित्रै देशभर मनसुन सक्रिय हुँदै छ । गत शुक्रबार पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन १ असारसम्ममा देशैभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको समाचार उल्लेख छ ।

अर्थ बजार
-आजको अर्थ बजारमा ‘जलवायु परिवर्तनको असर : सतबाँझमा स्याउको लोप अब जैतुन र ओखरको खेती’ शिर्षकमाा समाचार छापिएको छ । मंसिरदेखि फागुसम्म हिउँले ढाकिने बैतडीको सतबाँझ । २९ हेक्टर क्षेत्रफलसम्म लटरम्म फल्ने छ हजार बोट स्याउ। कुनै बेला सतबाँझको पहिचान थियो । अहिले यो परिचय फेरिएको छ । हिउँ पर्न छोडेपछि स्याउ लोप हुन थालेका छन् । वार्षिक ४० टन उत्पादन हुने स्याउ जलवायु परिवर्तनका कारण बोटै सुक्न थालेपछि अहिले त्यहाँ जैतुन र ओखर खेती सुरु गरिएको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार