Saturday, September 21, 2024

पत्रपत्रिकामा आज : खोला र नदीलाई ढलमुक्त गरिने, उर्जा दशक घोषणा

आजका दैनिक पत्रपत्रिकामा मंगलबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षीक बजेटको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

आजको कान्तिपुर दैनिकले ‘खोला र नदीलाई ढलमुक्त गरिने’ शीर्षकमा लिला श्रेष्ठले लेखेको खबर प्रकाशित भएको छ ।
सरकारले उपत्यकाका अधिकांश खोला तथा नदीलाई एक वर्षभित्र ढलमुक्त गर्ने घोषणा गरेको छ । बाग्मती,विष्णुमती , रुदमती , इक्षुमती , इन्द्रमती , मनोहरा , हनुमन्ते, नख्खु खोला लगायतका नदीहरुलाई ढलमुक्त गरी फोृहोर मुक्त बनाइने घोषणा गरेको हो ।

नागरिक दैनिकले ठ्याक्कै वन र वातावरणको बजेट सम्बन्धी समाचार प्रकाशित नगरेपनि वन र वातावरण क्षेत्रमा समेटिएको बजेटका खबर प्रकाशित गरेको छ ।

राष्टपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाइने, स्वच्छ,हराभरा र प्रदुषणमुक्त नेपाल अभियान चलाइ छ ।
नागरिक दैनिकमा ‘बजेटमार्फत उर्जा दशक घोषणा’‘दुई वर्षभित्र २० लाख पर्यटक शीर्षकको समाचार प्रकाशित छ ।

अन्नपूर्ण पोस्टले एकै महिनामा अग्ला तीन हिमाल आरोहण गरेर साहसिक विश्व कीर्तिमान बनाएकी निमाजाङमुको समाचार प्रकाशित छ ।

मुक्तिनाथ तिलिचोताल पदमार्ग पहिचान भएको खबर पनि सोही पत्रिकामा प्रकाशित छ । ‘यार्सागुम्बा संकलन गर्नेको घुइँचो’ शीर्षकमा राजधानीले समाचार प्रकाशित गरेको छ । सरोज थापाले लेखेको खबरमा डोल्पा जिल्लाका हिमाली पाटनहरुमा यार्सागुम्बा संकलन गर्नेहरुको घुँइचो लागेको उल्लेख छ ।

यसैगरी बैतडीको दशरथचन्द नगरपालिका २ कठपतेमा खानेपानीको चरम अभाव भएको समाचार पनि राजधानीमै छ । अछामको मंगलसेनमा गणतन्त्र दिवसका अवसरमा मंगलबार सरसफाइ गरिएको छ । पुर्वी रुकुममा यार्चा टिप्न जानेको लर्को लागेको खबर कान्तिपुरमा छ ।

नयाँ पत्रिकामा लमजुङमा खानेपानी आयोजना हस्तान्तरण गरेको खबर , तनहुँ बन्दिपुर गाँउपालिकाले चुनपहरामा रक क्लाइम्बिङ गर्न आउने पर्यटकको संख्या बढ्दै गएको समाचार प्रकाशित गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार