Friday, September 20, 2024

छापामा वातावरण : झाडापाखाला फैलिँदा एकै दिन ४०० विरामी, फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक पर्यटन विज्ञ समूहमा

काठमाडौं – दाङको एक गाउँपालिकामा दूषित खानेपानीका कारण ४ सय जना विरामी परेको खबरदेखि सिन्धुपाल्चोकमा नदीको दोहन बढ्दा सरकारी निकाय मौन रहेको समाचार आजका दैनिक पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।

यस्तै फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक पर्यटन विज्ञ समूहमा छानिएको समाचार पनि पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले पहिलो पृष्ठमा एकै मुहानको दूषित खानेपानी पिएकाले दाङको शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा झाडापखाला फैलिएको खबरलाई प्राथमिकताका साथ छापिएको छ ।

शनिबार एकै दिन ४ सय जना विरामी परेका छन् । दुर्गालाल केसीले लेखेको समाचारमा पानी मुहानमा पानी आउन छोडेपछि अर्को मुहानबाट ल्याउँदा त्यहाँको पानी प्रदूषित भएको पाइएको छ ।

ओमनको आँधीमा नेपाली सुरक्षित भएको समाचार कान्तिपुरमा प्रकाशित छ ।

ओमानको दक्षिण भेग सलालहमा प्रति किमी ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी मिकुुनुमा परि एक बालिका सहित २ जनाको मृत्यु भइसकेको छ ।

त्यहाँ कार्यरत ७ हजार नेपाली सुरक्षित रहेका छन् । यसैगरी कान्तिपुरमै मुगु र डोल्पाको यार्चाले पढाई अधुरो भएको खबर प्रकाशित भएको छ ।

‘बाढीले अत्यन्तै प्रभावित गर्ने पाँच नदीको तीन दिनअघि नै पूर्वसूचना’ शीर्षकमा वीरेन्द्र ओलीले नयाँ पत्रिकामा समाचार लेखेका छन् ।

सरकारले मनसुनमा अत्यन्तै प्रभावित गर्ने पाँच नदीको पूर्वसूचना तीन दिनअघि नै सर्वसाधारणलाई दिने भएको उल्लेख छ । बाढीबाट मानवीय क्षति धेरै हुन थालेपछि जल तथा मौसम विज्ञान विभागले तीन दिनअघि पूर्वसुचना दिने संयन्त्र सञ्चालामा ल्याउन लागेको हो । आगामी दुई साताभित्र ठूला, मझौला र साना नदी खोलाको पूर्वसूचना दिइने जल तथा मौसम विज्ञानले जनाएको छ ।

सिन्धुपाल्चोकमा नदीको दोहन बढ्दा सरकारी निकाय मौन रहेको समाचार पनि नयाँ पत्रिकामा छ । रामकृष्ण थापा र राजकुमार गोलेले लेखेको समाचारमा जिल्ला प्रशासन र प्रहरीको आदेशलाई लत्याउँदै व्रmसर व्यवसायीले निरन्तर रुपमा इन्द्रावती र सुनकोशी नदी उत्खनन गरिरहेको कुरा समेटिएको छ ।

‘माझी बस्तीमा खानेपानी अभाव सुनकोसीको धमिलो पानी पिउनुपर्ने बाध्यता’ शीर्षकमा समाचार पूर्ण प्रसाद न्यौपानेले लेखेको समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

ओखलढुङ्गाको सुनकोसी गाउँपालिका –१ ढेवुघाटका माझी समूदाय वर्षैदेखि सुनकोसी नदिको दूषित पानी पिउन बाध्य छन् ।

‘फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक पर्यटन विज्ञ समूहमा छानिए ’शीर्षकमा गोविन्द सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् । फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञ समुहमा मनोनीत भएका छन् ।

विवादित व्यक्ति विज्ञ समूहमा मनोनयन भएपछि पोखरामा विभिन्न पार्टिका नेता तथा नागरिक समाजबाट विरोध भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्क भिलेज वाटरफ्रन्ट रिसोर्ट प्रालिका सञ्चालन सुनील शाक्यलाई विज्ञ समूहमा राखेपछि आलोचना भएको छ ।

‘अझै तुइनकै भर’ शीर्षकमा नागरिकको पहिलो पृष्ठमा समाचार प्रकाशित भएको छ ।
यस्तै धरहरा क्षेत्रका पसल हटाइएको समाचार पनि सोही पत्रिकामा छ । यसैगरी कृषि फार्म , कुखुरामा आएको वर्ड फ्लु तथा धानवाली लाग्ने मरुवारोग सम्बन्धी समाचार पनि छापिएको छ ।

अन्नपूर्ण पोस्टमा भालुको आक्रमणबाट एक जना गम्भिर घाइते भएको समाचार प्रकाशित छ ।

सुवाको पुर्वीभेगमा रहेको नौकुण्ड गाँउपालिका भालुको आक्रमणबाट एक बृद्धको ज्यान गएको हो ।

यस्तै नेपालगन्जमा यो वर्षकै उच्च तापक्रम रहेको समाचार पनि अन्नपूर्णमा छ । नेपालगन्जमा ४२ दशमलब २ डिग्री सेल्सियस पुगेको छ ।

‘मासिँदै स्थानीय माछा ’ शिर्षकमा ताप्लेजुङको फुङलिङबाट सीताराम गुरागाइँले समाचार लेखेका छन् । दोभान र काबेलीमा पहिलेको तुलनामा धेरै माछा घटेको समाचारमा उल्लेख छ । झापामा चर्पीबिनै खुला दिसामुक्त भएको खबर पनि सोही पत्रिकामा छ ।

राजधानी दैनिकको पहिलो पृष्ठमा प्राथमिकताका साथ बाग्मती नदिको किनारको तस्वीरलाई प्रकाशित गरेको छ । तस्वीरमा बाग्मती नदी र मनोहरा दोभानस्थलको किनारमा बनाइएको योगा पार्कलाई उतारिएको छ । सो तस्वीर द्वारिका काफ्लेले खिचेका हुन् । यस्तै कालिकोटको शुभकालिका गाउँपालिकामा बाटो बनाउन लाग्दा स्काभेटरलाई पहिरोले पुरेको समाचार पनि राजधानीमै छ ।

ताजा समाचार

सम्बन्धित समाचार