Friday, October 25, 2024

छापामा वातावरण : बन्यो तालको झार हटाउने वाटर मुभर, एकै महिनामा ३ शिखरको आरोहण

काठमाडौं–आजका दैनिक पत्रपत्रिकामा सगरमाथा लगायत अन्य हिमालको आरोहणको खबर प्रकाशित भएको छ। जसमा एकै पटक ४ पत्रकार महिलाले सगरमाथाको आरोहण गरेकोदेखि एकै महिनामा ३ ठूला शिखरको आरोहण गरेर कीर्तिमान बनाएको सम्मको खबर प्रकाशित छ।

तालमा रहेका अनावश्यक झार हटाउने वाटर मुभर सम्बन्धि खबर पनि प्रकाशित छ।

तालमा हुने मिचाहा प्रजातिका झार सफा गर्ने मेसिन वाटर मुभर निर्माण गरिएको खबर नागरिक दैनिकमा छ । ‘बन्यो तालको झार हटाउने वाटर मुभर’ शीर्षकको समाचार चितवनबाट सविता श्रेष्ठले लेखेकी हुन्।

खबर अनुसार चार इन्जिनियरले तीन महिना लगाएर वाटर मुभर बनाएका हुन्। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को ६ हजार डलर सहयोगमा उक्त वाटर मुभर निर्माण गरिएको हो। स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट मेसिन निर्माण गरिएको कोषका टेक्निसियन गोकर्णजंग थापाले जानकारी दिए । उनका अनुसार मेसिन बनेपछि जलकुम्भी झार हटाउन परीक्षण गरिएको थियो । दुई सय २० सिसिको मोटरसाइकलको इन्जिन, फलामका पाता, चेन, तारजाली, ड्रम लगायतका सामग्रीको प्रयोग गरेर वाटर मुभर बनाइएको हो ।

हावाहुरीसँगै चार करोडको केरा नोक्सानी भएको खबर र बामती र लालबकैया नदीमा तीव्र दोहन भएको समाचार पनि नागरिकमै छ।

अन्नपूूर्ण पोस्टको पहिलो पृष्ठमै एकै महिनामा ३ शिखरको आरोहण गरेर कीर्तिमान बनाएको समाचार छ । छेटु शेर्पाले लेखेको समाचारमा २७ वर्षीय निमाजाङ्मु शेर्पाले एकै महिनामा सगरमाथासहित ल्होत्से र कञ्चनजंघाको सफल आरोहण गरेको उल्लेख छ । उनले १६ गते ल्होत्से , ३१ गते सगरमाथा र जेठ ९ गते कञ्चनजंघाको सफल आरोहण गरेकी हुन्।
४ पत्रकार महिलाले सगरमाथाको आरोहण गरेको खबर कान्तिपुर दैनिकमा छ । यहि खाले समाचार राजधानी दैनिकमा पनि छ । यसैगरी ‘अबौँको योजना अलपत्र पार्दा खेत बाँझै’ शीर्षकको समाचार अन्नपूर्णमा छ।

बैतडीका पञ्चेश्वर, शिवनाथ र मैलौली गाउँपालिकामा पानीको हाहाकार भएको खबर पनिअन्नपूूर्णमा प्रकाशित छ।

कान्तिपुरमा ‘चितवन निकञ्जमा ढकाल ’ शीर्षकको समाचार प्रकाशित छ। समान्य प्रशासन मन्त्रालयले सुरुमा सहमति दिएर पनि पत्र नपाएका उपसचिव वेदकुमार ढकाललाई वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको प्रमुखमा नियुक्त गरेको कान्तिपुरले उल्लेख गरेको छ ।

‘वनकर्मीमाथि आक्रमण’ शीर्षकको खबर धनगढीबाट मोहन बुढाऐरले कान्तिपुुरमा लेखेका हुन्। कैलालीको बसन्ता जैविक मार्गमा अतिक्रमणकारीले आक्रमण गरी एक रेन्जरसहित २ जनालाई घाइते बनाएको कान्तिपुुरले लेखेको छ।

यस्तै संरक्षण क्षेत्रमा राजश्व संकलन वृद्धि शीर्षकको खबर पनि कान्तिपुुरमै छ।

कान्तिपुरमा नुवाकोटमा त्रिशुली लगायतका नदी दोहन गरेर ढुङ्गा गिट्टी उत्खनन गर्नेलाई यस्ता कार्य बन्द गर्न सर्वाेच्च अदालतले परमादेश जारी गरेको खबर प्रकाशित छ। सर्वोच्चले आईईई र इआईए नगरी उत्खनन् रोक्न लगाएको हो।
‘खेर जान्छ बहुमूल्य जडिबुुटी ’शिर्षकको समाचार पनि कान्तिपुुरमै छ।

नागरिक दैनिकमा ‘गाउँ शून्य पारेर यार्सा टिप्न पाटनतिर’ शीर्षकको समाचार छ। सो समाचार डोल्पाबाट डिबी बुढाले लेखेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार