Sunday, July 7, 2024

भैंसे गोहोरो

चितवन राष्ट्रिय निकुञ्जको भरतपुर–माडी सडकमा देखिएको भैंसे गोहोरो । भैंसे गोहोरोे ढाडमा हाड हुने वर्गमा पर्छ ।

नेपालमा ३ प्रकारका गोहोरो पाइन्छन् । भैंसे, सुन र पानी गोहोरो । गोहोराका विभिन्न प्रजातिमध्ये ठुला भैंसे गोहोरा भित्री जंगलमा बस्न रुचाउँछन् ।

किरा फट्यांग्रा, गंगटा, सर्प, माछा जीवजन्तु भैंसे गोहोराका आहारा हुन् भने यसलाई चिल प्रजातिले आफ्नो आहरा बनाउछ । भैंसे गोहोरोको शरीरको लम्बाइ १ सय ७५ सेन्टिमिटर तथा पुच्छरको लम्बाइ १ सय सेन्टिमिटर हाराहारी हुन्छ ।

वयस्कको अधिकतम तौल लगभग ७.२ किलोग्राम हाराहारी हुने गर्छ । पोथीको तुलनामा भालेको शरीरको आकार केही ठुलो हुन्छ । यो गोहोरो मुख्यतया भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसिया तथा पश्चिम एसियाली देशहरूमा पाइन्छ ।

तस्बिरः रासस

ताजा समाचार

सम्बन्धित समाचार