३ असोज, काठमाडौँ ।
वन विज्ञ विजयराज पौड्यालद्वारा लिखित पुस्तक ‘वन अर्थतन्त्र’ सार्वजनिक भएको छ ।
नेपाल वातावरण पत्रकार समूहको ४१ औँ साधारण सभामा (शुक्रबार) उनको पुस्तक विमोचन भएको हो ।
समूहका अध्यक्ष चन्द्रशेखर कार्की र पत्रकार कृष्णमुरारी भण्डारीले पौड्यालको पुस्तक विमोचन गरे । पुस्तकमा नेपालको वन, वनस्पति, सिमसार, काष्ठ तथा गैर काष्ठ, वन पैदावर, जैविक विविधिता, जलाधार, जलवायु परिवर्तन लगायतका विषय समेटिएका छन् ।
समूहका विज्ञ सदस्य समेत रहेका पौड्याल भू–तथा जलाधार संरक्षण विभागका पूर्व महानिर्देशक हुन् । यसअघि उनका वन, जलाधार, जैविक विविधताबारेका कृति प्रकाशित भइसकेका छन् ।





