रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति

२ असोज, काठमाडौँ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)को ४१औँ साधारण सभाले निमेश रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समूहको ४१औँ साधारण सभाबाट अध्यक्षमा रेग्मीका साथै उपाध्यक्षमा सुबोध गौतम, महासचिवमा सृष्टि काफ्ले, कोषाध्यक्षमा भीष्मराज ओझा निर्वाचित भएका हुन् । निर्वाचनमा रेग्मीले निकटतम् प्रतिष्पर्धी सविन शर्मालाई पराजित गरेका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार भुपेन्द्र बस्नेतले सहमतिका लागि अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रेग्मी र शर्माबीच निर्वाचन प्रतिस्पर्धा भएको हो ।

त्यसैगरी सदस्यद्वयमा प्रकाश रिमाल र टीका बन्धन तथा विज्ञ सदस्यमा विजयराज पौडेल निर्वाचित भएका हुन् । अध्यक्ष बाहेक अन्य पदमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त राजेश घिमिरेले जानकारी दिए ।

अध्यक्ष पदका प्रतिष्पर्धी दुवै जना समूहका पूर्व महासचिव हुन् । त्यसैगरी महासचिव काफ्ले र कोषाध्यक्ष ओझा यसअघि पनि सोही पदमा कार्यरत थिए । सदस्यतर्फका रिमाल र बन्धन समूहका पूर्व र निवर्तमान उपाध्यक्ष हुन् भने पौडेल समूहको लेखा समितिको संयोजक थिए ।

समूहको जम्मा ११ सदस्यीय कार्यसमितिका क्रमशः सचिव (महिला) १ र २ महिला सदस्य तथा १ विज्ञ महिला सदस्यतर्फ भने पदपूर्ति हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार