काठमाडौं । नेपालमा अझै ७४ प्रतिशत जनताले जैविक ऊर्जाबाट नै खाना पगाउने गरेको पाइएको छ । नेपालमा २५ प्रतिशत जनसंख्या अझै विद्युतको पहुँचभन्दा बाहिर रहेको अध्ययनले देखाएको छ ।
कृषी क्षेत्रमा ठूलो जनसंख्या रहेको नेपालमा अझैपनि ७४ प्रतिशतले जैविक ऊर्जा प्रयोग गर्ने गरेको तथ्या पाइएको छ । प्रक्टिकल एक्सनले गरेको अध्ययनले सचेतीकरणको अभावमा परम्परागत ऊर्जा प्रयोगमा परिवर्तन हुन नसकेको औल्याएको छ । दाउराको प्रयोगबाट नै खाना पकाउनेको संख्या ७४ प्रतिशत देखिनुले उनीहरुको जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको देखिएको छ ।
नविकरणीय ऊर्जाको प्रयोग बढाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुनेछ । यसका लागि विभिन्न सञ्चारमाध्यम तथा सामूदायिक रेडियो तथा समाजिक सञ्जालहरुले ठूलो भूमिका खेल्न सक्ने अध्ययनले देखाएको छ । प्रक्टिकल एक्सनले गरेको अध्यनले जनतालाई सचेतीकरण गराउँदा समय र पैसा दुबैको बचत हुने देखाएको छ ।
ऊर्जाको प्रयोगमा समावेसीताका बहसपनि उत्तिकै आवश्यक विषय बनेको छ । सूचना प्रवाहलाई माथिल्लो निकायबाट तल्लो निकायसम्म जाने र समूदायस्तरको परम्परागत राम्रा अभ्यासहरुलाई नीतिगत तहसम्म पु-याउने काममा मिडियाले भूमिका खेल्न सक्ने देखिन्छ
समूदायस्तरमा हुने छलफल, नाटक तथा विभिन्न प्रस्तुतीकरणको माध्यमबाट स्थानीय जनतालाई सचेतीकरण गर्नु आवश्यक देखिएको छ । केही मात्रामा अभ्यासहरु भएपनि अझै साँकृतिक तथा विविध भाषमा सूचना प्रवाह गर्न सकेमा स्थानीय जनतालाई सचेत बनाउन सकिन्छ । ऊर्जाको प्रयोगमा समावेसीताका बहसपनि उत्तिकै आवश्यक विषय बनेको छ । सूचना प्रवाहलाई माथिल्लो निकायबाट तल्लो निकायसम्म जाने र समूदायस्तरको परम्परागत राम्रा अभ्यासहरुलाई नीतिगत तहसम्म पु-याउने काममा मिडियाले भूमिका खेल्न सक्ने देखिन्छ ।
आर्थिक पहुँचभन्दा बाहिर रहेका महिलाहरू भान्सा, चुलोचौकामा मात्र सीमित भएकाले अधिकांश महिलामा मानसिक समस्या देखिन्छ । घरका पुरुषहरूको रोजगारी गुमेको, व्यवसाय चौपट भएकाले घरव्यवहारको समस्या थपिएको छ । आर्थिक उपार्जनका लागि विदेश गएका महिला घर फर्किएसँगै उनीहरूलाई आर्थिक पहुँचबाट धेरै टाढा पु-याएको छ । उनीहरूको आत्मविश्वासमा चोट पुगी आत्मबल पनि घट्न गई कतिपय कुलतमा लाग्ने, पारिवारिक झगडा, कलह बढ्नेजस्ता घटना बढ्ने देखिन्छ ।
महामरीको रुपमा विश्वमा नै फैलिएको कोरोनाका कारण विश्व अर्थतन्त्र र जनस्वास्थ्यमा अनेपेक्षित र अकल्पनीय असर ल्याएको छ, यसलाई सामान्यीकरण गर्न ऊर्जाको आपूर्ति र पहुँच अभिवृद्धि हुनु आवश्यक छ । त्यसमा पनि ऊर्जाको पहुँच घरायसी र व्यावसायिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्व बैंक र सबैका लागि ऊर्जा अभियानले पनि उल्लेख गरेका छन् ।
परम्परागत ढङ्गबाट खाना पकाउँदा महिलाहरूमा श्वासप्रश्वास, दमलगायतका समस्या अझ बढी रहने र त्यस्ता विरामी कोरोनाको उच्च जोखिममा रहने भन्ने चिकित्सकहरूले बताउँदै आएका छन् । घरभित्रको वायु प्रदूषणको अन्त्य गर्नेदेखि व्यावसायिक क्षेत्रमा पनि आधुनिक ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने हुन्छ । पहिलादेखि नै ऊर्जाको पहुँचको चुनौतीको सामना गरिरहेको ती व्यवसायहरूमा आधुनिक ऊर्जाको प्रयोग बढाउनु पर्दछ ।
स्वच्छ ऊर्जाको पहुँचले विद्युतीय उपकरणहरूबाट काम छिटोछरितो र भरपर्दो हुनुको साथै समयको बचत, कार्यबोझमा कमी र प्रभावकारी नतिजा ल्याउन पनि सकिन्छ । कुनै पनि सभ्य र विकसित समाजका लागि ऊर्जा आधारभूत तत्व हो । यसले व्यक्तिको जीवनस्तरमा सुधारका साथै देशको विकासमा पनि योगदान दिन्छ ।
स्वच्छ ऊर्जाले जनतालाई आवश्यक सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ । नवीकरणीय ऊर्जामा करिब ३२ प्रतिशत कामदारहरू महिला रहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीले जनाएको छ । दिगो विकासको लक्ष्य ५ र ७ ले पनि यस कुरालाई जोड दिएको छ । लक्ष्य ५ मा लैंगिक समानता र लक्ष्य ७ ले सबैका लागि ऊर्जाको अवधारणालाई आत्मसात गरेको छ ।
विश्वव्यापीरूपमा जैविक इन्धन, वायोमासजस्ता वातावरणलाई नकारात्मक असर तुल्याउने ऊर्जाको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ ऊर्जाको खपत बढाउनु पर्दछ भन्ने अभियान नै सुरु भएको अवस्थामा अहिले विश्वमा हरित तथा समावेशी ऊर्जाको अवधारणा आएको छ । नेपालमा पनि यस अवधारणालाई आत्मसात गर्नु आवश्यक छ । यस अवधारणाअनुसार स्वच्छ ऊर्जाको प्रयोगबाट बढी लाभान्वित हुने भनेको गरिब, महिला र पिछडिएका वर्ग नै हुन् । जस्तो कि, घरभित्र इन्डक्सन, वासिङ मेसिनलगायतका आधुनिक चुलोको प्रयोग गर्दा महिलाको स्वास्थ्यमा सुधार, कार्यबोझमा कमी भई उनीहरूले अन्य आयमूलक काम गरी आर्थिक हैसियत बढाउन सक्दछन् ।
उनीहरूलाई प्रदूषणमुक्त प्रविधि, दक्षतायुक्त उपकरणको प्रयोग गर्न सक्षम तुल्याउनु नै यस कार्यक्रमको लक्ष्य निकै सान्दर्भिक देख्दछु । सामाजिक समावेशीकरणबिना विकास प्रयास असम्भव छ । आधुनिक ऊर्जामा महिलाको पहुँच अभिवृद्धि नगरेसम्म देशको समग्र विकास प्रयास पूरा हुन सक्दैन भन्ने विगतको अनुभवबाट प्रस्ट भैसकेको छ ।
समावेशीता, सहभागिता, क्रियाशीलता, तत्परता र उद्यमशीलता यी पाँच तत्वहरू भयो भने मात्रै आधुनिक ऊर्जामार्फत महिलाको विकास र उनीहरूको जीवनस्तरमा सुधार आउनुको साथै त्यसले परिवार, समाज र सिंगो राष्ट्रलाई नै विकसित र समृद्ध गर्न सकिन्छ
समावेशीसहितको सहभागिता र क्रियाशीलता बढाउन महिलाहरूलाई अवसर प्रदान गर्नु जरुरी हुन्छ । आधुनिक ऊर्जामा महिला पहुँचले नै उनीहरूमा सशक्तीकरण आउन सक्दछ । यसरी समावेशीता, सहभागिता, क्रियाशीलता, तत्परता र उद्यमशीलता यी पाँच तत्वहरू भयो भने मात्रै आधुनिक ऊर्जामार्फत महिलाको विकास र उनीहरूको जीवनस्तरमा सुधार आउनुको साथै त्यसले परिवार, समाज र सिंगो राष्ट्रलाई नै विकसित र समृद्ध गर्न सकिन्छ ।
स्थानीय तहले ती वर्ग समुदायलाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्ने र त्यसलाई ती सामुदायिक वा सहकारी संस्थामार्फत कार्यान्वयन गर्ने संयन्त्र विकास गर्न सकिएमा विद्युत्को उत्पादनमूलक परिप्रयोग र उद्यमशीलताको विकासका लागि प्रभावकारी रूपमा महिला, गरिब र पिछडिएका वर्ग समुदायको सहभागिता बढाउन सकिन्छ । यस किसिमको सहकार्यले चाँडो नतिजा दिन सक्दछ । यसका लागि सचेतीकरण अभियान नै सरकारले सञ्चालन गर्नुपर्ने अध्ययनले औल्याएको छ ।
भौगोलिक विविधताका कारण नेपालको दुर्गम क्षेत्रहरूमा विद्युतीकरणका लागि राष्ट्रिय प्रशारण लाइन विस्तार गर्न कठिनाइ रहेको छ । त्यहाँका मानिसहरू अझै पनि स्वच्छ ऊर्जाको पहुँचबाट वञ्चित रहेका छन् ।
सबैका लागि दिगो तथा खाना पकाउन सबैका लागि दिगो ऊर्जा अभियानमा सहयोग पु-याएको छ । यसले सबैका लागि दिगो ऊर्जा क्रियाकलाप चक्रमा लैङ्गिक उत्तरदायी सवालहरू एकीकृत गर्नका लागि पैरवी गर्नु र नागरिक समाज संस्थाहरूमा कार्यदक्षता र प्रभावकारी रूपमा लैङ्गिक सवालहरूको सम्बोधनसहित ऊर्जा परियोजनाहरू कार्यान्वयन क्षमताको अभिवृद्धिमा जोड दिएको छ ।
ऊर्जामा लैङ्गिक, सामाजिक समावेशीताको आधारमा स्वच्छ ऊर्जामा सबैको पहुँच वृद्धिका लागि केन्द्र, प्रदेश र स्थानीय तहका लक्षित सरोकारवालाहरूको सचेतना अभिवृद्धि गर्ने, ऊर्जामा लैङ्गिक समावेशी नीति तथा एकीकृत योजना निर्माणका लागि पैरवी र वकालत साथै सम्बन्धित निकाय, नागरिक समाज संस्थाहरूको क्षमता गर्ने, स्थानीय नगर/गाउँपालिकाहरूको नीति तथा वार्षिक कार्ययोजनामा उपभोक्तामैत्री स्वस्छ ऊर्जा प्रवर्द्धनका योजनाहरू समावेश गर्नका लागि प्रोत्साहित र पैरवी गर्ने, घरभित्रको धुवाँले वातावरण तथा मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असरहरूको बारेमा विभिन्न स्तरमा सचेतीकरण र समुदायमा यसका निराकरणका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि र परिचालनका लागि पैरवी हुनु अत्यन्तै आवश्यक छ ।
साभार : rajdhanidaily.com