Friday, November 1, 2024

नयाँपुस्ता/शैली राष्ट्रिय निबन्ध प्रतियोगिता: मिडिया लिटरेसी

निबन्ध पठाउने अन्तिम मिति: २०७७ असार ३१

नेपाल वातावरण पत्रकार समूहको नयाँपुस्ता कार्यक्रम तथा शैली थियटरले संयुक्त रूपमा आयोजनामा

नयाँपुस्ता/शैली राष्ट्रिय निबन्ध प्रतियोगिता: मिडिया लिटरेसी

पहिलो पुरस्कार: १५,०००।-

दोश्रो पुरस्कार: १०,०००।-

तेश्रो पुरस्कार: ५,०००।-

निबन्धको विषयवस्तु: नेपालमा मिडिया लिटरेसी

प्रतियोगितामा भाग लिनका लागि नेपाली वा अंग्रेजी भाषामा लेखिएको कम्तिमा ५०० र बढीमा १,००० शब्दसम्मको निबन्ध हातले लेखेर वा टाइप गरेर वा भिडियो रेकर्ड गरेर पठाउन सकिनेछ। भिडियो रेकर्ड गरिएको निबन्धको पनि माग भएका खण्डमा हस्तलिखित वा टाइप कपी बुझाउन पर्नेछ।

प्रतियोगितामा भाग लिने योग्यता: कक्षा ९ देखि ११ का विद्यार्थी

निबन्ध २०७७ असार ३१ सम्ममा shailee.theatre1@gmail.com मा इमेलमा पठाउन सकिन्छ।
Viber / WhatsApp : 9846138005 / 9849937465

मिडिया लिटरेसी: इन्टरनेट सूचना क्रान्तिको माध्यम हो तर त्यही इन्टरनेट भ्रामक सूचना/समाचार वा हल्लाको खानी पनि हो।कुन कुरा भ्रामक सूचना/समाचार वा हल्ला हो भन्ने थाहा पाउने माध्यम मिडिया साक्षरता वा लिटरेसी (Media literacy) हो। यो निबन्ध प्रतियोगिताको उद्देश्य नेपाली बालबालिकलाई मिडिया लिटरेसीका बारेमा कति जानकारी छ र उनीहरूमा आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने क्षमता कति छ भन्ने बुझ्नु हो।

मिडिया साक्षरता वा मिडिया लिटरेसीको सम्बन्ध हाम्रो दैनिक क्रियाकलापसँग जोडिएको छ। हामीले कस्तो समाचार प्रयोग गर्छौ सामाजिक सञ्जालमा कसरी सेयर गर्छौ यी सबै मिडिया लिटरेसीसँग सम्बन्धित छ।

नेपालमा इन्टरनेटको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग गर्नेको संख्या बढ्दै गएको छ । नेपालीलाई इन्टरनेटको सही उपयोग सिकाउन आवश्यक छ।आमसञ्चारका पत्रिका, रेडियो र टेलिभिजन अनलाइन न्युज पोर्टललगायतका माध्यममा अनेक थरीका मिथ्या वा भ्रामक वा गलत समाचार आउछ। तिनलाई इन्टरनेटका माध्यमबाट सेयर गरेर समाजमा व्यापक भ्रम फैलाइन्छ। मिडिया साक्षरता वा मिडिया लिटरेसीका माध्यमबाट समाचारका श्रोतका आधारमा मिथ्या समाचार र तथ्य समाचार अर्थात फेक न्युज र फयाक्ट न्युज कसरी छुट्टाउने भन्ने कुरामा सक्षम हुन सकिन्छ।यसरी गलत समाचार थाहा पाएपछि हामीले सामाजिक सञ्जालमा सेयर पनि गर्दैनौ। त्यसो भएमा बालबालिकालाई सामाजिक सञ्जाल र अन्य विभिन्न समाचारका माध्यमबाट हुने नकारात्मक असरबाट जोगाउन सकिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार