घर घरमा कोगतेको पानी पु-याउने मन्त्री मगरको प्रतिबद्धता

ललितपुर- खानेपानीमन्त्री बीना मगरले ललितपुरको घरघरमा कोगतेखोलाको पानी पु¥याउने बताएकी छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कोगतेखोलाको आज अवलोकन गर्दै उनले घरघरमा खानेपानीको सुविधा पु¥याउने उल्लेख गरिन् ।

सिस्नेरी खोलामा बाँध निर्माण गरी कोगतेखोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा सङ्कलन गरी त्यसलाई पम्प गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सैँबु जलाशयमा पठाएर जिल्ला भरी वितरण गर्ने भएकाृ जानकारी गराउँदै सन् २०३० सम्म १४ करोड लिटर पानी उपत्यका भित्र्याउने योजना रहेको बताइन् । करीब रु २६ अर्बको लगानीमा सो योजना अघि बढाइने छ ।

जिल्लामा उक्त योजनामार्फत निकालिएको पानी वितरण गरेपश्चात् त्यहाँ इनार, कुवा, बोरिङजस्ता कामलाई पूरै बन्द गरिने मन्त्री मगरले जानकारी दिइन् । समयक्रमसँगै खोक्रिँदै गएकोे काठमाडौँलाई बचाउन आवश्यक रहेको उनको भनाइ थियो ।