Thursday, September 19, 2024

भारतको हावाहुरी ,बझाङको बाढी र मौसमको पुर्वानुमान

आजका दैनिक पत्रपत्रिकाले उत्तरी भारतका २ राज्य उत्तर प्रदेश र राजस्थान राज्यमा आएको हावाहुरीको समाचारलाई विदेश पृष्ठमा प्राथमिकता दिएका छन् । कुनै पत्रिकाले हावाहुरीका कारण १ सय जना मरेको त कुनैले ७७ जना नाघेको खबर दिएका छन् । यसैगरी असिनापानीसँगै आएको बाढिले बझाङमा जिप बगाउँदा ३ जनाको मृत्यु भएको खबर छ .

यस्तै मौसम पुर्वानुमानको खबरलाई पनि केही पत्रिकाले स्थान दिएका छन् । मौसम पुर्वानुमान अनुसार हिजो अझै केही दिन बदली भई पानी पर्ने भनिएतापनि आज मौसमविद्हरुले अब मौसम सफा हुने अनुमान गरेका छन् ।  हिजो र आज  अनुमान पुरै बदलीयो ।

कान्तिपुरमा बुधबार रातीको असिनापानीसँगै आएको बाढिले जिप बगाउँदा ३ जनाको मृत्यु भएको खबर प्रकाशित छ । बझाङबाट बसन्तप्रताप सिंहले लेखेको बझाङमा बाढी  शीर्षकको  समाचारमा वाढी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा ब्यापक क्षति पु¥याएको उल्लेख छ । जसका कारण २ हजार रोपनी खेत बगर पनि भएको छ ।  बढ्दै डढेलोका घटना  शीर्षकको समाचार अब्दुल्लाह मियाँ र विमल खतिवडाले कान्तिपुरमा लेखेका छन् । डढेलोका कारण यो सिजनमा चार जनाको ज्यान गएको छ । ११ घर जलेका छन् भने ५ वटा गोठमा क्षति पुगेको छ ।

कान्तिपुरमै चीन पठाइने चारै गैंडा समातिए शीर्षकको खबर पनि छ । नेपालले चीनलाई २ जोडी गैंडा दिने भनेकोमा २ जोडी अर्थात ४ वटै गैंडा चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । यसैगरी कान्तिपुरको प्रदेश ३ पृष्ठमा तामाकोसीमा माछा घट्दै गएको खबर प्रकाशित छ । माछा घट्दा माछा मारेर जीविका चलाउने माझी आजभोली कोसीमा जाने छाडेका छन् । यो खबर रामेछापबाट टीकाप्रसाद भट्टले लेखेका हुन् ।

बाँदरबाट पीडित किसानका लागी शिवपुरी–नागार्जुन निकुञ्ज आसपासका बासिन्दाले सरकारबाट क्षतीपूर्तिस्वरुप राहत रकम पाउने भएको समाचार पनि कान्तिपुरले नै स्थान दिएको छ ।
कर्ण शाक्यको रिसोर्टबारे छानबिन गर्न सर्वोच्चको आदेश  शीर्षकको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ । फेवाताल किनारमा रहेको पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टबारे जाँचबुझ गर्न सर्वोच्च अदालतले चार मन्त्रालयका प्रतिनिधी रहेको समिति गठन गरी दुई महिनाभित्र अदालतमा प्रतिवेदन पेस गर्न आदेश दिएको छ । फेवाताल अतिक्रमण भएको १ हजार ६ सय ९२ रोपनीमा शाक्यले पनि जग्गा अतिक्रमण गरेको पाइएको छ ।
‘हिउँ पग्लिन नपाउँदा बिजुली उत्पादन घट्यो’ शीर्षकको बिष्णु बेल्वासेले नागरिकमै लेखेको समाचारमा चर्को गर्मी हुने बैशाख महिनामा पनि पुस–माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर बिजुली उत्पादनमा कमी आएको उल्लेख छ । बिजुली उत्पादनमा गत वर्षको यहि महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ ।
सिराहामा गैरकानुनी क्रसरको जगजगी भएको समाचार मिथलेश यादवले लेखेका छन् । ‘नियमनकारी निकायको सन्देहपूर्ण मौनता’ शीर्षकको खबर नागरिकले छापेको हो । यस्तै खोटाङको दिग्तेलमा पशुवधशाला निर्माण भएको समाचार पनि यहि पत्रिकामा छ । यस्तै मनसुन सक्रिय भएको राससको खबरलाई साभार गरी छापेको छ । यसैगरी लाङटाङ प्रचारका लागि अन्र्तर्राष्ट्रिय लाङटाङ म्याराथन हुने समाचार अर्जुन तामाङले लेखेका छन् ।

अन्नपूर्ण पोष्टले पूर्व–पश्चिम राजमार्गको झापा खण्ड आसपासका सुकेका र ढल्न लागेका रुखका कारण यात्रामा जोखीम बढेको खबर बिर्तामोडबाट रविन भट्टराईले लेखेका छन् । यस्तै ‘पूर्वाधार पर्खाइमा लेम्लेमा झरना’ शिर्षकको खबर धनकुटाबाट हरिबहादुर लम्जेल अन्नपूर्णमा लेख्छन् । नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन खेतीयोग्य जग्गा खण्डीकरण प्रमुख चूनौती देखीएको समाचार अन्नपूर्णमा छ । खबर अनुसार उर्बर जमिन खण्डीकरण गरी भौतिक पूर्वाधारमा प्रयोग हुन थालेपछि कृषि उपज उत्पादन बढाउन ठूलो चुनौती खडा भएको छ । यस्तै ‘ मेलम्चिमा नदिजन्य पदार्थ उत्खनन् ’ शिर्षकको समाचार पनि यहि पत्रिकामा छ । यस्तै ‘ पानी छुँदा कुटपिट ’ , ‘ गिट्टी, बालुवा भारततर्फ तस्करी ’ र ‘बाढिपीडितलाई सहयोग ’ शिर्षकमा छुट्टाछुट्टै समाचार पनि अन्नपूर्णमा प्रकाशित छन् ।
पुर्वी चितवनको कालिका नगरपालिका –६ का किसानको केरा खेती फँडेको आरोपमा ३ जनालाई पक्राउ गरेको कारोबार दैनिकमा समाचार छ । ‘नदीमा जलविद्युत कि ¥याफ्टिङ ? आर्थिक अभियानमा नदी उपयोगको एकिकृत नीति आवश्यक ’ शीर्षकको आर्थिक अभियान पत्रिकामा दुर्गा लामिछाने समाचार लेख्छन् । राजधानी दैनिकमा ‘ हावाहुरीले दर्जन बढी विद्यालयमा क्षति ’ शिर्षकमा बैतडीको खबर प्रकाशित छ । यस्तै दिसामा पाइने कोलिफर्म र इकोलाई जीवणु खानेपानीमा अत्यधिक मात्रामा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यलय दोलखाले जनाएको समाचार पनि राजधानीमै छ । यस्तै पाल्पामा असिनाले तरकारीबाली नष्ट भएको खबर पनि छ । गोरखापत्रमा ‘ अझै दुई दिन वर्षा ’ शीर्षकको समाचार प्रकाशित छ ।

ताजा समाचार

सम्बन्धित समाचार