पत्रपत्रिकामा आजः मेलम्चीको पाइप बिछ्याइएका ५८ सडक एक साताभित्रै मर्मत गरिने, फोहोर कहाँ फाल्ने ?

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा मेलम्चीको पाइप बिछ्याइएका ५८ सडक एक साताभित्रै मर्मत गरिने भन्ने शीर्षकमा समाचार छापिएको छ। काठमाडौं उत्पयका खानेपानी लिमिटेड (केयुकेएल), आयोजना कार्यान्वयन निर्देशनालयले २७ भदौअघि नै ५८ सडकखण्डको मर्मत सक्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि पाइप बिछ्याइएका ती सडकको इन्द्रजात्राअघि नै मर्मत गरिसक्ने निर्देशनालयले जनाएको छ । केही दिनअघि काठमाडौं महागरपालिकाले बोलाएको सरोकारवालाहरूसँगको छलफलमा निर्देशनालयले असन, इन्द्रचोक, वसन्तपुर, चिंकमुगल, झोछेँ, ओमबहाललगायतका क्षेत्रमा भएका ५८ वटा सडकखण्डमा इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु हुनुअघि नै काम सक्ने बताएको थियो ।

-निगमले परीक्षण नगरी पठायो हिलोजस्तै लेदो डिजेल भन्ने शीर्षकमा अजित अधिकारीको समाचार छापिएको छ। नेपाल आयाल निगमको थानकोट डिपोले रक्सौलबाट लेदो मिसिएर आएको इन्धन परीक्षण नै नगरी सोझै पम्पमा पठाउने गरेको पाइएको छ । गत बुधबार ट्यांकरबाट ल्याइएको डिजेल राजधानीका दुई पम्पको भूमिगत ट्यांकीमा खसाल्नुअघि चेकजाँचका लागि बाल्टीमा झिकेर हेर्ने क्रममा लेदो मिसिएको भेटिएपछि निगमले परीक्षण नगर्ने गरेको खुलासा भएको हो ।

राजधानी
-आजको राजधानीमा सर्वसाधारणले जथाभावी फोहोर फाल्दा झन् दूषित भन्ने शीर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। बाग्मती नदी र चक्रपथ सफाइ महाअभियान सुरु भएको ३३० औं साता अर्थात २ हजार ३१० दिन पुगेको छ। तर, सहरी सभ्यता झल्काउने गरी नदी र चक्रपथले प्रगति गर्न सकेको छैन।

कान्तिपुर
-आजको कान्तिपुरमा मौरी बिमामा देखिएन उत्साह भन्ने शीर्षकमा रमेशकुमार पौडेलको समाचार छापिएको छ। पाँच घारबाट मौरी पाल्न सुरु गरेका पश्चिम चितवनको दिव्यनगरका भूपालनाथ कँडेलले अहिले ७० घार पुर्‍याएका छन् । भाइ यादव कँडेलले १५० घार मौरी पालेका छन् । मौरी चराउन दुई भाइ विभिन्न जिल्लाका चरन क्षेत्र पुग्छन् । गत वर्ष दाङ लगेर फर्कंदा भूपालका दुई घार र भाइ यादवका १६ घार मौरी मरे ।

-दूधकोसी जलविद्युत् आयोजना : ५ वर्षपछि डीपीआर भन्ने शीर्षकमा कुम्भराज राईको समाचार छापिएको छ। चिसंखुगढी गाउँपालिका भदौरेका ८५ वर्षीय नरे माझीले पहिलोपटक दूधकोसी जलविद्युत् आयोजनाबारे सुन्दा ५० वर्षका थिएँ । उनले आफ्नै पालामा आयोजना देख्न पाइएला भन्ने सोचेका थिए । अहिले आएर आश मारेका छन् ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा फोहोर कहाँ फाल्ने ? भन्ने शीर्षकमा हिमाल दाहालको समाचार छापिएको छ। इटहरीलाई सफा राख्न इटहरी उपमहानगरपालिकाले मासिक ४ लाख रुपैयाँभन्दा बढी खर्च गर्छ। बेला बेलामा विभिन्न संघसंस्थाले सरसफाइ कार्यक्रम पनि गरिरहेकै हुन्छन्, तर मुख्य चोकमा फोहोर फाल्ने एउटै डस्टबिन छैन।

-५० मिटरमा दुई पुल ! भन्ने शीर्षकमा खेमबहादुर बुढाको समाचार छापिएको छ। माडीखोलामा नजिकै दुईवटा पुल देख्दा जोकोहीलाई अचम्म लाग्न सक्छ १ धेरै नदी र खोलामा पुल नभएकाबेला एकै ठाउँमा दुईवटा पुल देख्दा आश्चर्य लाग्नु स्वभाविक हो। तर करिब ५० मिटर दूरी नजिक पक्की र बेलीब्रीज देखिने अवस्था आउनुमा लामो कथा छ।

-मलमा भारतीय बजारको भर भन्ने शीर्षकमा गोपाल भण्डारीको समाचार छापिएको छ। सदरमुकाम तौलिहवाबाट करिब १२ किलोमिटर दक्षिण सीमावर्ती गाउँ पुन्निहवामा एक बिहानै नेपाली किसान जम्मा हुन्छन्। भारतीबाट लुकाएर ल्याइएको मल किन्ने हानथाप हुन्छ। मोलमोलाई पछि उनीहरू एकाध बोरा रासायनिक मल साइकल वा मोटर साइकलमा राखेर हुँइकिन्छन्। पुन्निहवा आउजाउ कपिलवस्तुका किसानको दैनिकी भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार