काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
आजको कान्तिपुरमा डेंगु प्रकोप देशैभरि भन्ने शीर्षकमा अतुल मिश्र र सीमा तामाङको समाचार छापिएको छ। राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ ।
अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टमा राजमार्गमै थुप्रियो फोहोर भन्ने शीर्षकमा मनीष दुवाडीको समाचार छापिएको छ। सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष सुरु हुन केही महिना मात्रै बाँकी छ। तर, पर्यटक राजधानी भित्रने र बाहिरिने प्रमुख नाकामध्ये पृथ्वीराजमार्गको ठाउँ ठाउँमा फोहोरको डंगुर थुप्रन थाले पनि त्यसतर्फ कसैको ध्यान गएको छैन।
गौरवका आयोजना सुस्त भन्ने शीर्षकमा समाचार छापिएको छ। प्रदेश १ का राष्ट्रिय गौरवका आयोजनाले गति लिन सकेको छैन। प्रदेशकै लाइफलाइन मानिएको जोगबनी–किमाथांका सडकको ५० प्रतिशत काम भएको छ भने हुलाकी राजमार्गमा पुल निर्माण ठप्प छ। निर्माण कम्पनीको लापरबाहीका कारण मध्यपहाडी लोकमार्गको काम सुस्त गतिमा छ। कोसी करिडोरमा प्रगति केही भए पनि लगानी कम छ।
सवारी प्रदूषण मापन नाममात्रै भन्ने शीर्षकमा कृष्णमणि बरालको समाचार छापिएको छ। उत्तरमा लहरै उभिएका सेता हिमाल। उपत्यकाको पूर्वपश्चिम, उत्तरमा रहेका करिब एक दर्जन ताल। गण्डकी प्रदेशको राजधानी पोखराका यी सुन्दर प्राकृतिक स्रोतकै कारण यहाँ बर्सेनि लाखौं पर्यटक आउँछन्।
नागरिक
आजको नागरिकमा निर्माण नसक्दै भत्क्यो सय करोडको सडक भन्ने शीर्षकमा सुरेश यादवको समाचार छापिएको छ। एसियाली विकास बैंक ९एडिबी०को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ। गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरित काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो।





