पत्रपत्रिकामा आजः इसुवा खोला हाइड्रोपावर: मुआब्जा नपाएको भन्दै स्थानीयको विरोध, वर्षको बीचमा दिने बजेट खर्चमा समस्या

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा दूर्त मार्ग निर्माण साढे तीन वर्षभित्रै सकिने भन्ने शीर्षकमा समाचार छापिएको छ। नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याक (दूर्त मार्ग) निर्माण साढे तीन वर्षभित्र सम्पन्न गर्ने जानकारी दिएको छ। सेनाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आमजनताको चासो र राष्ट्रिय गौरवको सो आयोजना साढे तीन वर्षभित्र सक्ने जनाएको हो।

-वर्षको बीचमा दिने बजेट खर्चमा समस्या भन्ने शीर्षकमा रुद्र खड्काको समाचार छापिएको छ। आर्थिक वर्षको बीचमा रकमान्तर गरेर बजेट थपिदिने अर्थ मन्त्रालयको कार्यशैलीले पुँजीगत बजेट उल्टो खर्च हुन नसकेको सरकारी तथ्यांकले देखाएको छ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा बालुवा धोएर सुन भन्ने शीर्षकमा परमानन्द पाण्डेको समाचार छापिएको छ। कर्णालीको किनार। भदौको टन्टलापुर घाम। केही महिला असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन्। कोही डुँडीमाथि राखिएको सोनाट्टा ९जाली० ले बालुवाबाट ठूला ढुंगा अलग गर्दै छन्। कोहीचाहिँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन्।

-सीमा स्तम्भमा आधा काम भन्ने शीर्षकमा सुरेन्द्र काफ्लेको समाचार छापिएको छ। पाँच वर्ष अवधिमा नेपाल–भारत सीमा व्यवस्थापनमा आधा काममात्रै भएको छ। सन् २०२२ भित्र दुई देशबीच रहेको सीमांकन र सीमा विवाद टुंग्याउने लक्ष्य छ। सीमा व्यवस्थापन कार्य सन् २०१४ देखि सुरु भएको थियो।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा इसुवा खोला हाइड्रोपावर: मुआब्जा नपाएको भन्दै स्थानीयको विरोध भन्ने शीर्षकमा नवीन गुरुङ्गको समाचार छापिएको छ। संखुवासभाको मकालु गाउँपालिका– १ मा निर्माणाधीन ९७ दशमलव दुई मेगावाटको इसुवाखोला हाइड्रोपावरमा विवाद देखिएको छ । केभिएनआर इसुवाखोला हाइड्रोपावर विराटनगर र बिगवर्ल्ड हाइड्रोपावरले संयुक्त रूपमा निर्माण गरिरहेको आयोजनाले मुआब्जा नदिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार