पत्रपत्रिकामा आजः मेलम्चीको जिम्मा ‘सिनो हाइड्रो’ लाई, खुला दिसामुक्त क्षेत्र कागजमै सीमित

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा मेलम्चीको जिम्मा ‘सिनो हाइड्रो’ लाई भन्ने शीर्षकमा दीपेन्द्र विष्टको समाचार छापिएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा चिनियाँ कम्पनी ‘सिनो हाइड्रो’ लाई दिएको छ ।

-आलु प्रवर्द्धन मेला भन्ने शीर्षकम हरिराम उप्रेतीको समाचार छापिएको छ। आलुको माला । आलुकै परिकार । धार्चे गाउँपालिका–५ गुम्दाका किसान यतिखेर अतिथि स्वागतमा व्यस्त छन् । प्रवेशद्वारमा स्वागतार्थ डालीमा आलु बोकेका महिला समूह गाउँ पुगेका पाहुनालाई आलुको महत्त्व बुझाउँदै छन् ।

राजधानी
-आजको राजधानीमा खुला दिसामुक्त क्षेत्र कागजमै सीमित भन्ने शीर्षकमा भविन कार्कीको समाचार छापिएको छ। जिल्लालाई एकवर्षअघि नै घोषणा गरिएको खुला दिसामुक्त क्षेत्र कागमा मात्र सीमित भएको छ । एक वर्षअघि निकै नै तामझामका साथ खुला दिसामुक्त क्षेत्र घोषणा गरिएकामा अहिलेसम्म मुख्य बजार र बसपार्कमा सार्वजनिक शौचालय निर्माण हुन नसक्दा सरकारी प्रयास कागमा मात्र सीमित बन्न पुगको हो ।

-सडकका जग्गाको कर व्यक्तिले तिर्नुपर्ने बाध्यता भन्ने शीर्षकमा दिनेश थापाको समाचार छापिएको छ। सिन्धुपाल्चोकलगायत देशभर नै पछिल्लो केही वर्ष यता सडक खन्ने लहर नै चल्यो,गाउँमा सडक लैजाने धोको पूरा गर्न आफ्नो खेतबारी सबै सडकलाई दिने जिल्लामा मात्रै सयांै छन् । सडकलाई जग्गा दिए पनि सडकमा परेको जग्गा अहिले पनि व्यक्तिको नाममा नै छ र त्यसको तिरो नियमित रूपमा जग्गाधनीले नै तिर्दै आएका छन् ।

-पहाडमै डिप बोरिङमार्फत खानेपानी भन्ने शीर्षकमा हुमाकान्त पोखरेलको समाचार छापिएको छ। तराईका जिल्लामा सीमित रहेको डिप बोरिङ पहाडका जिल्लामा पनि सञ्चालन हुन थालेको छ । पहाडी जिल्लामा खानेपानी समस्या थपिएपछि डिप बोरिङको अध्ययन भयो र केहीस्थानबाट पानीसमेत निकालिएको छ ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा वातावरण विभागमै फोहोरको डंगुर भन्ने शीर्षकमा उपेन्द्र अर्यालको समाचार छापिएको छ। काठमाडौं महानगरपालिकाको वातावरण विभागअन्तर्गत ट्रान्सफर केन्द्रमा फोहोरको डंगुर थुप्रिएको छ। सामान्यतया वातावरण विभागको ट्रान्सफर केन्द्रमा साना गाडीले ल्याएको फोहोर संकलन गरिन्छ। संकलित फोहोर ठूला गाडीमा लोड गरेर सिसडोलसम्म पुर्‍याइन्छ। तर, अहिले सिसडोल पुर्‍याउन समस्या भएकाले फोहोर वातावरण विभागको ट्रान्सफर केन्द्रमै जम्मा हुन थालेको हो।

ताजा समाचार

सम्बन्धित समाचार