पत्रपत्रिकामा आजः बाढीबाट जोगिन ७ सय ७० मिटर लामो तटबन्ध, सडक सञ्जालसँग जोडिँदै तिब्बत-कर्णाली

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

राजधानी
-आजको राजधानीमा बाढीबाट जोगिन ७ सय ७० मिटर लामो तटबन्ध भन्ने शीर्षकमा एमके माझीको समाचार छापिएको छ। वर्षाका बेला खाडो नदीमा उर्लेर आउने बाढीले पु¥याउने जनधनको क्षति कम गर्न जिल्लाको रूपनी गाउँपालिकामा ७७० मिटर लामो तटबन्ध तयार गरिएको छ । बाढीबाट प्रत्येक वर्ष हुँदै आएको जनधनको क्षति कम गर्न बाँध निर्माण तथा स्तरीयकरणका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले अनुदानबापत आवश्यक रकम उपलब्ध गराएपछि ७७० मिटर लामो बाँध निर्माण र स्तरीकरण कार्य सम्पन्न भएको हो।

-रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भन्ने शीर्षकमा समाचार छापिएको छ। रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ। मन्दिर पुनर्निर्माणको कामसमेत सुरु भएको छ। यसका लागि मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ।

-काँचुली फेर्दै सुर्खेत भन्ने शीर्षकमा पवित्रकुमार शाहीको समाचार छापिएको छ। कर्णालीप्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतले मुहार फेरिरहेको छ । राजधानीमा परिणत भएपछि वीरेन्द्रनगरको पुरानो परिचय बदलिँदै गएको हो। नयाँ संरचना निर्माणाधीन अवस्थामा भए पनि विगतको तुलनामा वीरेन्द्रनगरले रूप फेरिरहेको छ। हाल सञ्चालित विकासका आयोजना पूरा भए भने कर्णालीको समृद्ध सहरको रूपमा परिचित हुनेछ। मुलुक संघीयतामा प्रवेश गर्नुअघिको क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगर राजधानी बनेपछि हाल कर्णालीका १० वटै जिल्लाका मानिसहरू तानिरहेको छ। प्रदेश राजधानीमा रूपान्तरण भइसकेपछि विकासले पनि फड्को मार्दै गएको हो।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा नगरकोटमा अतिक्रमित सात पक्कीसहित ८६ घररटहरा भत्काइए भन्ने शीर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ। पर्यटकीय क्षेत्र नगरकोटमा सामुदायिक वन अतिक्रमण गरी बनेका घररटहरामा चाँगुनारायण नगरपालिकाले डोजर चलाएको छ । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि नगरपालिका, जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अतिक्रमित घररटहरा भत्काइएको डिभिजन वन कार्यालयका प्रमुख प्रेम खनालले बताए ।

-महानगरसँग नगरपालिकाहरूले मागे सीमा सडक बनाउन बजेट भन्ने शीर्षकमा तीर्थराज बस्नेतको समाचार छापिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भन्दै आएका छन् ‘ब्रुमर प्रयोग गरेर धुलो घटाउने हाम्रो प्रयासमा छिमेकी नगरपालिकाबाट प्रवेश गर्ने गाडी बाधक बने ।’ स्थानीय तहको निर्वाचनका वेला उनको प्रमुख नारामध्ये धुलो धुँवा नियन्त्रण गर्ने पनि एक थियो । तर, निर्वाचन भएको साढे दुई वर्ष बितिसक्दासमेत प्रदूषण नियन्त्रण हुन नसकेको भन्दै महानगरको आलोचना हुने गरेको छ ।

-हावाहुरीले मकैबाली नष्ट भन्ने शीर्षकमा हेमन्त के. सी.को समाचार छापिएको छ। जाजरकोटको भेरी नगरपालिका– १ कालेगाउँ र नलगाड नगरपालिकाका विभिन्न ठाउँमा शनिबार राति आएको हावाहुरीले मकै खेतीमा क्षति पु-याएको छ । भर्खरै घोगा लाग्न लागेको मकैबालीमा हावाले क्षति पु-याएपछि किसान चिन्तित बनेका छन् । नलगाड नगरपालिकाका विभिन्न ठाउँमा पानीसँगै आएको हावाहुरीले मकैबालीमा ठूलो क्षति पु‍-याएको स्थानीयले बताएका छन् ।

नागरिक
आजको नागरिकमा कहिल्यै निको नहुने घाउ भन्ने शीर्षकमा अमर खड्काको समाचार छापिएको छ। एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

-सडक सञ्जालसँग जोडिँदै तिब्बत–कर्णाली भन्ने शीर्षकमा गणेश विशुको समाचार छापिएको छ। सीमा जोडिए पनि सडक सञ्जालद्वारा नजोडिएको कर्णालीलाई तिब्बतसँग जोड्न सरकारले महŒव दिएको छ। कर्णाली प्रदेशको मुगु जिल्ला सदरमुकाम गमगढी–नाक्चालाग्दा, हुम्लाको सिमकोट–हिल्सा र डोल्पाको दुनै–मरिम्लापास हुँदै सरकारले तिब्बतसँग जोड्ने भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार