पत्रपत्रिकामा आजः पहिरोप्रभावित विद्यार्थीको पढाइ अन्योल, महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

राजधानी
-आजको राजधानीमा पहिरोप्रभावित विद्यार्थीको पढाइ अन्योल भन्ने शिर्षकमा हुमाकान्त पोखरेलको समाचार छापिएको छ। सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकको सिद्ध आधारभूत प्राविलाई पहिरोले क्षति पु¥याउँदा विद्यार्थीको पढाइ अन्योलमा परेको छ। गत ६ साउन रातिको अविरल बर्षासँगैको गएको पहिरोले सिद्ध आधारभूत प्राविको चारकोठे भवन बगाएको र अर्को चारकोठे भवनको माथिल्लो तला पुरिएका कारण विद्यार्थीको पढाइ अन्योल बनेको हो। सत्यवती–३ को सिद्ध आधारभूत प्राविमा हालसम्म पढाइ सञ्चालन भएको छैन।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा विद्युतीय गाडी खरिद प्रस्ताव अस्वीकृत निर्दोष घोरसाइनेको समाचार छापिएको छ। सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी तहमा सम्झौता (जीटुजी) गरी खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो।

नागरिक
-आजको नागरिकमा महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ भन्ने शीर्षकमा पुष्टि दिलबहादुर छत्यालरपुष्पराज जोशीको समाचार छापिएको छ। धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ।

-हुरीपीडितको घर निर्माण अन्तिम चरणमा भन्ने शीर्षकमा पुष्टि उपेन्द्र यादवको समाचार छापिएको छ। जिल्लाका सबै हुरीपीडितले भदौ दोस्रो साताभित्र नयाँ घरमा बस्न पाउने भएका छन्। साउनभित्रै घर बनाइसक्ने उद्देश्यसहित काम थालिए पनि काम सम्पन्न हुन थप दुई साता लाग्ने र भदौको आधाआधीतिर मात्रै घर जिम्मा लाउन सकिने नेपाली सेनाले बताएको छ। हुरपिीडित घर निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार