पत्रपत्रिकामा आजः सरकारलाई गिज्याउँदै गौरवका आयोजना, विषादी सीमा तोकिने तयारी

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा सरकारलाई गिज्याउँदै गौरवका आयोजना भन्ने शीर्षकमा रुद्र खड्काको समाचार छापिएको छ। सरकारले मुलुकभरमा सबैभन्दा बढी महत्तव दिएको भनिएका राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट खर्च गर्न सकेको छैन। राष्ट्रिय गौरवका आयोजनामा हुने गरेको ढिलासुस्ती र बजेट खर्च नगर्ने प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्जाइरहेको छ। अहिले मुलुकभर राज्यले महत्व दिएका आयोजना २२ वटा छन्।

-जापानमा इलाम चिनाउँछन् जो भन्ने शीर्षकमा भीम चापागाईंको समाचार छापिएको छ। उच्च गुणस्तरको तयारी चिया आफ्नो देश लैजान बर्सेनि धेरै संख्याका विदेशी व्यापारी चियाको राजधानी इलाम आउँछन्। व्यापारीले नाफाका लागि मात्रै वस्तु तथा सेवा व्यापार गर्नु स्वभाविकै हो। तर, जापानी युवक तात्सुया माएकावा यस्ता व्यापारी हुन्, जो बर्सेनि लगेको चिया मात्र होइन, चियासँगै जापानमा इलाम पनि ‘बेच्दै’छन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा म्याद थपिज्छन्, सडक बन्दैनन् भन्ने शीर्षकमा निर्दोष घोरसाइनेर सुरेन्द्र काफ्लेर उपेन्द्र अर्यालको समाचार छापिएको छ। लगनखेलबाट सातदोबाटोसम्मको दूरी ०.८ किलोमिटर छ। अर्थात् एक किलोमिटर पनि छैन। त्यही टुक्रे खण्डको सडक विस्तार गर्न २०७३ जेठ २६ गते ठेक्का लगाइयो। म्याद दिइयो १६ महिना (३०७४ असोज २७ सम्म)। म्याद सकिँदा कामको मेलै सरेन। फेरि म्याद थपियो। सरकारकै आँकलनअनुसार ३ वर्ष २ महिनामा बल्ल त्यहाँ ५० प्रतिशत काम सकिएको छ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा तामाकोसी तेस्रो आयोजना साबिककै क्षमतामा निर्माण गर्न स्थानीयको माग भन्ने शीर्षकमा श्याम खतिवडाको समाचार छापिएको छ। ६ सय ५० मेगावाट क्षमतामा नै तामाकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणको सुनिश्चिता हुनुपर्ने माग स्थानीयले गरेका छन् । आयोजना निर्माणको सुनिश्चितता नभए आयोजनासंग सम्बन्धित कसैलाई पनि दोलखा जिल्ला प्रवेशमा रोक लगाउने गरी आन्दोलनमा उत्रने चेतावनी स्थानीयको छ।

कान्तिपुर
-आजको कान्तिपुरमा विषादी सीमा तोकिने तयारी भन्ने शीर्षकमाराजु चौधरीको समाचार छापिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० तरकारी तथा फलफूलमा जीवनाशक बिषादी अवशेषको सीमा तोक्ने तयारी गरेको छ। विभागले स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, गोलभेँडा र चिया गरी १० फलफूल तथा तरकारीको बिषादीको सीमा तोक्न लागेको हो।

ताजा समाचार

सम्बन्धित समाचार