पत्रपत्रिकामा आजः हुलाकी सडक बाढीले तहसनहस, पानी झर्दैन, मिटर चढिरहन्छ

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा पानी झर्दैन, मिटर चढिरहन्छ भन्ने शीर्षकमा सुरेन्द्र काफ्लेर खगेन्द्र भण्डारीको समाचार छापिएको छ। कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान अन्नपूर्ण टोली त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० को मुख्य कार्यालय पुग्यो। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा सरकारी गाडी गाडी थिए। त्यहाँ कर्मचारी मात्रै भएकाले हामी उपभोक्ता खोज्दै केयूकेएल शाखा थापाथली पुग्यौं।

-देखिँदैनन् जेब्राक्रस भन्ने शीर्षकमा उपेन्द्र अर्यालको समाचार छापिएको छ। चाबहिल चोकमा ट्राफिक प्रहरीले गाडीहरू यताउता पास गराउँदैछन्। चोकबाट गौशाला आउने सडकको कालोपत्रे उप्किएको छ। सडकमा यात्रुलाई बाटो काट्न बनाएका जेब्राक्रसको संकेत देखिँदैन। यात्रुहरू पहिले जेब्राक्रस भएको ठाउँ अनुमान लगाउँदै बाटो काटिरहेको देखिन्छ। सडकमा गुडिरहेका गाडीको रफ्तार तेज छ। सवारीचालक भरसक यात्रुभन्दा अघि पार गर्न पाए हुन्थ्यो भने झैं गाडी कुदाइरहेका छन्।

नागरिक
-आजको नागरिकमा हुलाकी सडक बाढीले तहसनहस भन्ने शीर्षकमा टंक क्षेत्रीरसर्लाही, मदन ठाकुरररौतहट को समाचार छापिएको छ। असारको अन्तिम साता तराईमा आएको बाढीले हुलाकी राजमार्गलाई तहसनहस बनाएको छ। सर्लाही र रौतहट क्षेत्रमा जताततै सडक भत्किएका कारण सवारी आवगमन ठप्प बनेपछि स्थानीयले सास्ती बेहोर्नुपरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत सदरमुकाम मलंगवादेखि करिब २५ किलोमिटर पश्चिमको बलरा पुगेर फर्कंदा करिब १ सय ५० किलोमिटरको यात्रा तय गर्नुप¥यो। सुरुमा ३५ किलोमिटर उत्तर पुगेर फेरि ४० किलोमिटर दक्षिण झर्नुपर्ने बाध्यताले बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुबानपीडित गाउँ जान उनले यात्रा लामो बन्न पुगेको हो।

-बाघ बचाउन स्थानीय सरकारको चासो भन्ने शीर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ। गत आर्थिक वर्ष ९आव०मा चितवन राष्ट्रिय निकुञ्जमा चारवटा भाले र दुईवटा पोथी र लिंग पहिचान भएका दुई गरी आठवटा बाघ मरेका थिए। तीमध्ये आमाबाट छुट्टिन पुग्दा खान नपाई मरेको डमरु (बच्चा)समेत रहेको छ। मरेका बाघमध्ये दुईवटालाई विषादीले असर गरेको र दुईवटामा संक्रमण भएको पाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिका सवा करोड लागतमा महाकालीमा बनेको पुल चाँडै सञ्चालनमा आउने भन्ने शीर्षकमा पदम बडालको समाचार छापिएको छ। दार्चुलाको लाली र भारत पिथौरागढको डड्या जोड्ने महाकाली नदीमाथि बनेको पुल छिट्टै सञ्चालनमा आउने भएको छ । पुल सञ्चालनका लागि भारतीय पक्षले पत्राचार गरेको छ । उत्तराखण्ड सरकारले पिथौरागढ जिल्लाका मजिस्ट्रेट (प्रमुख जिल्ला अधिकारी)लाई सोमबार चिठी लेखेर लाली पुल सञ्चालनका लागि अनुमति दिएको हो।

कान्तिपुर
-आजको कान्तिपुरमा फर्केन खोलो भन्ने शीर्षकमा गिरुप्रसाद भण्डारीको समाचार छापिएको छ। १२ वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान छ । तर, झिमरुक नदी २४ वर्षसम्म पनि पुरानो बाटोमा फर्केको छैन । हरेक वर्ष नयाँ बाटो बनाउँदै बगिरहेको छ । २४ वर्षअघि नदी बगेको ठाउँमा अहिले सहर बसेको छ।

गोरखापत्र
आजको गोरखापत्रमा मुहान जोगाउन पोखरी बनाउने अभियान भन्ने शीर्षकमा शिवराज ढुङ्गानाको समाचार छापिएको छ। १२ वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान छ। गाउँघरमा पानीका मुहान सुक्न थालेपछि पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गर्न थालिएको छ। आकाशे पानी जम्मा गर्न ती पोखरी बनाउन थालिएका हो। यसरी पोखरी निर्माण गर्न थालिएपछि मूल सुकेका धारामा पनि कलकल पानी झरेको छ। पानीको स्रोत बचाइराख्न अछामको चौरपाटी गाउँपालिकामा आकाशे पानी जम्मा गर्न ससाना पोखरी निर्माण अभियान सञ्चालन गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार