पत्रपत्रिकामा आजः वृक्षरोपण अब अभियानकै रूपमा, बाघका लागि बस्नै छोड्यो प्रधानमन्त्रीवाला बैठक

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा १० वर्षमा ७१ अर्बको मकै आयात भन्ने शीर्षकमा मधुसुधन गुरागाईंको समाचार छापिएको छ। कुनै समय थियो, ‘खाए मकै, नखाए भोकै’ भनेर प्रमुख अन्नबालीका रुपमा मकैलाई चित्रण गरिन्थ्यो। उच्च पहाड, पहाड र तराईसहित सबै भूभागमा खेती हुने मकैलाई धानपछिको दोस्रो मुख्य बालीमा मान्दैै आएको र तथ्यांकले पनि त्यही पुष्टि गर्छ।

-आधुनिक तरकारी बजार सञ्चालन तयारी भन्ने शीर्षकमा विनोद सुवेदीको समाचार छापिएको छ। उद्घाटन भएको लामो समयसम्म अलपत्र परेको मोरङको कटहरीस्थित आधुनिक तरकारी बजार सञ्चालनको तयारी सुरू भएको छ। विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त तरकारी बजार सञ्चालनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन्।

-विजयपुरमा दुई लेनको बेलिब्रिज भन्ने शीर्षकमा सन्तोष पोखरेलको समाचार छापिएको छ। पोखरा प्रवेशको मूल नाका विजयपुर खोलामा दुई लेनको बेलिब्रिज सञ्चालनमा ल्याइएको छ। खोलामा एक दशकअघि बनाएको पक्की पुल कमजोर भएपछि सवारी आउजाउ सहज बनाउन बेलिब्रिज राखिएको हो। यो नेपालकै पहिलो दुई लेनको बेलिब्रिज भएको सडक विभागले बताएको छ।

-मत्ताको घाँटीमा रेडियो कलर, ढोईको खोजी जारी भन्ने शीर्षकमा टंक क्षेत्रीको समाचार छापिएको छ। सर्लाहीमा दुई सातादेखि आतंक मच्चाइरहेको एउटा मत्ता ९भाले हात्ती० लाई बेहोस बनाएर रेडियो कलर जडान गरिएको छ। ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित लाहुरेटोलनजिकै जंगलमा आइतबार बिहान त्यसको घाँटीमा रेडियो कलर झुन्ड्याइएको हो। दुई सातादेखि दुई हात्ती ९मत्ता र ढोई एकएकवटा० ले ईश्वरपुरका विभिन्न बस्तीमा पसेर घर भत्काउने एवं बालीनालीमा क्षति पु¥याउँदै आएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत माधवप्रसाद देवले जानकारी दिए।

गोरखापत्र
-आजको गोरखापत्रमा वृक्षरोपण अब अभियानकै रूपमा भन्ने शीर्षकमा शिवा तामाङको समाचार छापिएको छ। हरियाली प्रवद्र्धनको उद्देश्यले सरकारले घोषणा गरेको वृक्षरोपण वर्षलाई सफल बनाउन देशभर वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । राष्ट्रिय वृक्षरोपण दिवस पारेर असार १४ गते घोषणा गरिएको सो अभियानअन्तर्गत देशभर पाँच करोड बिरुवा रोपिँदैछ । यसबाट हरियाली, पर्यावरणको संवद्र्धन, वनजङ्गलको विनाशले निम्तिने विनाशलाई रोक्न मद्दत मिल्नेछ भने विकास निर्माण, सहरीकरणलगायत विविध कारणले नष्ट भएको वन जङ्गल प्रवद्र्धनमा पनि अभियानले टेवा पु¥याउनेछ ।

-जम्काभेटमा मात्र गर्छ बाघले आक्रमण भन्ने शीर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। गतवर्ष भदौताका चितवनस्थित मेघौलीको शुक्रनगरमा बाघले एक महिलालाई आक्रमण गरी मा¥यो । बाघ पक्रिएर चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा राख्यो । त्यो बाघ केही महिनापछि म¥यो । माडीमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई उद्धार गरेर सदरचिडियाखाना ल्याइयो । सन् २००७ ताका मानिसलाई पटकपटक आक्रमण गर्ने नङ्ग्रे पोथीबाघले पश्चिम चितवनमा आतङ्क नै मच्चाएको थियो । भाले बाघले कुमरोज सामुदायिक वनमै मान्छेमाथि आक्रमण ग¥यो । तीनवटा डमरुकी माउ बाघले सन् २००४ ताका मानिसलाई आक्रमण गरेर हैरान पा¥यो ।

-जलमार्गमा नेपालको प्राथमिकता भन्ने शीर्षकमा विश्वास रेग्मीको समाचार छापिएको छ। गत चैत पहिलो साता भएको नेपाल–भारत पारवहन सन्धिमा जलमार्ग ९इनल्यान्ड वाटरवेज०को विषयले औपचारिक प्रवेश पाएपछि दुई देशबीचको व्यापारमा नयाँ आयामको चर्चा सुरु भएको थियो । त्यसयता सरकारले पानीजहाज सञ्चालनका लागि छुट्टै कार्यालय नै स्थापना गरेर आन्तरिक जलमार्गको सम्भावना अध्ययनसहित अन्तर्राष्ट्रिय व्यापारिक प्रयोजनमा यसबारे काम अगाडि बढाएको छ ।

राजधानी
-आजको राजधानीमा डाइभर्सनबाट सवारीसाधन ओहोरदोहोर भन्ने शीर्षकमा समाचार छापिएको छ। पोखरा नाकामा रहेको पृथ्वी राजमार्गको विजयपुर खोलामा रहेको पुल क्षति भई डाइभर्सनबाट मालवाहक सवारीसाधन ओहोरदोहोर गराइएको थियो । बर्सातको समयमा उक्त डाइभर्सन पटकपटक क्षति भई मर्मत गरिरहनुपर्ने र उक्त डाइभर्सन क्षति भएको समयमा रातको ८ बजेपछि एकपटकमा एउटा मात्र मालवाहक सवारीसाधनलाई पास गराउने व्यवस्था मिलाइएको थियो ।

नेपाल समाचारपत्र
-आजको नेपाल समाचारपत्रमा पुल बनाउनै मान्दैनन् चक्रपथका ठेकेदार भन्ने शीर्षकमा समाचार छापिएको छ। चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ । यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो ।

-बाघका लागि बस्नै छोड्यो प्रधानमन्त्रीवाला बैठक भन्ने शीर्षकमा टीका बन्धनको समाचार छापिएको छ। दुर्लभजन्तु बाघ संरक्षणमा नेपालले प्राप्त गरेको सफलता अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चाको विषय बनिरहेको बेला प्रधानमन्त्रीले अध्यक्षता गर्ने ‘राष्ट्रिय बाघ संरक्षण समिति नेपाल’ भने निस्कृय छ । समिति गठन भएयताको नौं वर्षको अवधिमा ६ वटा मात्रै बैठक भएका छन् भने तीन वर्षयता बैठक बसेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७३ असार २ मा बैठक बसेपछि त्यसयता बैठक डाकिएन ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा २२ सय ठेक्का स् १२ सय ४ तोड्नैपर्ने अवस्थामा भन्ने शीर्षकमा टेकराज थामी र सुवास भट्टको समाचार छापिएको छ। देशभरमा दुई हजार दुई सयभन्दा बढी सडक र सडक पुलको आयोजना ठेक्कामा दिइएको छ । तर, ठेकेदारले सम्झौताअनुसार काम नगर्दा एक हजार दुई सय चारवटा ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेका छन् । अर्थात्, सडक र पुलको कुल ठेक्का संख्याको ५४ प्रतिशत आयोजना अलपत्र छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्च स्रोतका अनुसार ठेक्का तोड्नुपर्ने अवस्थामा रहेका आयोजनामा राज्यकोषको करिब २० अर्ब दुई करोड ५० लाख रुपैयाँ फसेको छ । ठेकेदारले सो रकम पेस्कीस्वरूप लिएका हुन् ।

कान्तिपुर
-आजको कान्तिपुरमा कोसी उच्च बाँधमा कुरा मिलेन भन्ने शीर्षकमा सुरेशराज न्यौपानेको समाचार छापिएको छ। पाल र भारतका अधिकारीहरूबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ ।

-अनि उडे बचेरा… भन्ने शीर्षकमा मनोज पौडेलको समाचार छापिएको छ। झिक्रा बटुल्दै गुँड लगाएकोभन्दा बास छाडेर बचेरा उड्न थालेका दृश्य मोहक थिए । गिद्धका जोडीले तीन महिना कठिन परिश्रममा बिताए । फुलबाट निस्केका दुई बचेरालाई माउले आलोपालो आहारा खुवाउँथे । बिस्तारै बचेरालाई आङ र पखेटा तन्काउन सिकाए ।

-अस्पतालभरि सर्पदंशका बिरामी भन्ने शीर्षकमा ओमप्रकाश ठाकुरको समाचार छापिएको छ। केही दिनअघिको डुबानसँगै सर्लाही, सप्तरी, रौतहट र मोरङमा सर्पले डसेर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । अरू थुप्रै सिकिस्त छन् । एक महिनामा चार जिल्लामा चार सयभन्दा बढी सर्पदंशका बिरामी अस्पताल पुगेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार