पत्रपत्रिकामा आजः सिँचाइ नहुँदा रोपाइँ ठप्प, पानी नबगेरै भत्किएको नहर

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा सम्पदा मासेर केबलकार भन्ने शीर्षकमा लक्ष्मण पोखरेलको समाचार छापिएको छ। २०३५ सालमा बस्ती हटाएर जोगाइएको वन फडानी गरी केबलकार बनाउन सरकारले स्वीकृति दिएको छ। बुटवलदेखि नुवाकोटसम्म केबलकार बनाउने नाममा मणिमुकुन्द सेन उद्यानको छेउमा वन फडानी गर्न थालिएको हो। बुटवलका केही व्यवसायीले यो क्षेत्रमा केबलकार बनाउने योजना थालेका छन्। निजी कम्पनीका लागि मन्त्रीपरिषद् बैठकले वन दिने निर्णय गरेको हो। यो निर्णयले बुटवलको सौन्दर्यका रुपमा रहेको नुवाकोट र जीतगढी बीचको वन क्षेत्र मासिने जोखिम बढेको छ।

-पाँच सय मिटर आसपासलाई मुआब्जा भन्ने शीर्षकमा राजु बास्कोटाको समाचार छापिएको छ। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल क्षेत्र आसपासका पाँच सय मिटर दूरीसम्मको जग्गा सरकारले अधिग्रहण गर्ने भएको छ। फोहोरमैला बिसर्जन गरिँदै आइरहेको सिसडोल ल्यान्डफिल साइटका प्रभावितको माग सम्बोधन गर्दै सरकारले यस्तो निर्णय गरेको हो।

-सिँचाइ नहुँदा रोपाइँ ठप्प भन्ने शीर्षकमा अनिल ढकालको समाचार छापिएको छ। लगातारको वर्षातले देशभरको जनजीवन प्रभावित भइरहेका बेला पश्चिम चितवनमा भने सिँचाइको अभावमा रोपाइँ हुन सकेको छैन। आकासबाट परेको पानीले केही भागमा रोपाइँ गरे पनि अधिकांश भाग बाँझै रहेको हो।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा बाढीले कृषिमा ३ अर्ब ५९ करोड क्षति भन्ने शीर्षकमा समाचार छापिएको छ। तराईमा आएको बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । स्थानीय तह र प्रदेश सरकारको समन्वयमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार बाढीले ३ अर्ब ५९ करोड रुपैयाँको कृषि तथा पशुधनमा क्षति गरेको छ ।

नागरिक
-आजको नागरिकमा पानी नबगेरै भत्किएको नहर भन्ने शीर्षकमा दिनेश सुवेदीको समाचार छापिएको छ। व्यवस्था पञ्चायत थियो। पञ्चहरूले २०४२ सालमा प्युठानको ठूलो भूभाग सिँचाइ हुने भन्दै रोल्पाको लुंग्री खोलाबाट १२ किलोमिटर नहर निर्माण सुरु गराए। तर तीन दशकमा पनि काम सकिएन। प्युठानको लुंग्री माडी सिँचाइ आयोजना अहिले पनि अन्योलमा छ। सिँचाइ अभावमा यहाँका स्थानीयले वर्षामा समेत सजिलो गरी धान रोप्न पाएका छैनन्।

ताजा समाचार

सम्बन्धित समाचार