पत्रपत्रिकामा आजः खोला मिचिँदा बस्तीमा बाढी, रानी–जमरा सिँचाइको परीक्षण

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा आउन लाग्यो पाइपलाइनबाट तेल भन्ने शीर्षकमा अजित अधिकारीको समाचार छापिएको छ। पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो । बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसन ९आइओसी० को मोतिहारी डिपोबाट छाडिएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्नेछ ।

-खुलामञ्चमा सटर बनाउन दिने महानगरका अधिकृतलाई कारबाही भन्ने शीर्षकमा समाचार छापिएको छ।खुलामञ्चमा अवैध सटर बनाउन स्वीकृति दिने काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासन शाखाका अधिकृत ज्ञानेन्द्र कार्कीलाई कारबाहीस्वरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ । मंगलबारको निर्णयपछि मन्त्रालयले कार्कीलाई काजमा खटिन निर्देशन दिएको छ ।

कान्तिपुर
-आजको कान्तिपुरमा पोखरी खन्न क्षमापूजा भन्ने शीर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ। पाटनकी ८३ वर्षीया धनमाया महर्जन १८ वर्ष उमेरमा पुल्चोक नःटोलमा विवाह भएर आइन् । उनको घर क्षेत्रमा ललितपुर महानगरपालिका–२० मा पलेस्वाँ पुखू ९कमलपोखरी० पर्दछ। माइती पक्षले घरमा पाहुना गर्न बोलाउँदा धेरै हिँड्न नसक्नाले उनी कमै मात्रामा जान्छिन्।

-रानी–जमरा सिँचाइको परीक्षण भन्ने शीर्षकमा गणेश चौधरीको समाचार छापिएको छ। राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइको प्रारम्भिक परीक्षण गरिएको छ । मंगलबार मुख्य इन्टेकको गेट टेस्ट ९परीक्षण० रन गरिएको हो ।

-देशभर ४० प्रतिशत मात्रै रोपाइँ भन्ने शीर्षकमा राजु चौधरीको समाचार छापिएको छ। असार मसान्तसम्ममा धानको रोपाइँ ४० प्रतिशत मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ढिलो मनसुन र गत साताको बाढीले रोपाइँ कम भएको हो । मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा ६३।८८ प्रतिशत रोपाइँ भएको थियो ।

नागरिक
-आजको नागरिकमा हेलिकोप्टरबाट अनुगमन, बाढीपीडित आक्रोशित भन्ने शीर्षकमा मदन ठाकुरर जितेन्द्रकुमार झाको समाचार छापिएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, राजपा अध्यक्षमण्डल संयोजक अनिलकुमार झा, संघ र प्रदेशका सांसदलगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो।

-सातादेखि मध्यपहाडी राजमार्ग बन्द भन्ने शीर्षकमा अनिल भण्डारीको समाचार छापिएको छ। बाढी र पहिरोको चपेटामा परेर असार २६ गतेदेखि अवरुद्ध मध्यपहाडी राजमार्ग एक साता बित्दा पनि खुल्न सकेको छैन। राजमार्गका विभिन्न स्थानमा ठूल्ठूला पहिरो गएका छन्, जसलाई पन्छाउन अझै समय लाग्ने देखिएको छ। असार २४ गते बेलुकादेखि सोमबारसम्म परेको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको ठाँउठाँउमा ठूला पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।

गोरखापत्र
-आजको गोरखापत्रमा खोला मिचिँदा बस्तीमा बाढी भन्ने शीर्षकमा शान्ति लामाको समाचार छापिएको छ। राजधानीमा खोला मिचेर घर बनाउँदा बस्तीमा बाढी पसेको छ । गएको बिहीबार र शुक्रबार परेको अविरल वर्षाले काठमाडौँका धेरै स्थान जलमग्न भए । खोला किनारका अव्यवस्थित बस्तीमा मात्र होइन, बीच सहरका पक्की घरहरूमा समेत बाढी पस्यो । गएको शुक्रबार बल्खु खोला बढेर बस्तीमा पसेको देखेर डराउनुभएका इन्दिरा खत्रीले भन्नुभयो, “पहिले–पहिले यस्तो देखेको थिइनँ, केही वर्षयता केहीबेर पानी पर्दा पनि बाढी बस्तीमा पस्न थालेको छ ।

नयाँ पेट्रोल पम्प सञ्चालनका लागि नौ सय ३९ आवेदन भन्ने शीर्षकमा लक्ष्मण दर्नालको समाचार छापिएको छ। नयाँ पेट्रोल पम्प सञ्चालनका लागि नौ सय ३९ आवेदन परेका छन् । नेपाल आयल निगमलले नयाँ पम्प सञ्चालनका लागि खुलाएको आवदेनमा देशभरका व्यवसायीले आवेदन दिएका हुन् । निगमले गत वैशाख १६ देखि असार १६ गतेसम्म नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा थियो तीन सय ७३, छ तीन रोपनी भन्ने शीर्षकमा सुरेन्द्र काफ्लेको समाचार छापिएको छ। गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ। कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए। अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ।

ताजा समाचार

सम्बन्धित समाचार